रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो । 

बैठकमा बैशाख २८ गतेदेखि बस्ने संसदको बजेट अधिवेशनलाई  प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कांग्रेसको संसद अवरोधलाई समाप्त पार्न समग्र सहकारी ठगिको विषयमा उच्च स्तरीय छानबिन समिति गठन गर्ने विषयमा पटक पटक छलफल भएको छ ।  

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी