बिराटनगर । मोरङको सुन्दरहरैचामा बालबालिकाको शैक्षिक तथा शारीरिक विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न छ । सुन्दरहरैचा नगरपालिका– १२ को आयोजना तथा जनाचर्चा टाइम्सको प्राविधिक सहयोगमा दुई दिने प्रशिक्षण सम्पन्न भएको हो। सुन्दरहरैचा १२ भित्र रहेका विभिन्न बिद्यालयका बिधार्थीहरुलाई वडाको सभाहलमा ट्राफिक नियम,बालबालिकाको शैक्षिक तथा शारीरिक विकास सम्बन्धी प्रशिक्षण दिईएको थियो।
प्रशिक्षणको पहिलो दिन विद्यार्थीलाई ट्राफिक व्यवस्थापन,ट्राफिक चिन्ह र ट्राफिक नियमका जानकारी होस भन्ने उद्देश्यले बिराटचोक ट्राफिक प्रहरी प्रमुख गणेश दाहालले ट्राफिक नियम ,ट्राफिक व्यवस्थापनमा विद्यार्थीको भुमिकाको ’boutमा पनि प्रशिक्षण दिएका थिए। विद्यार्थीहरुलाई बिना लाईन्स र हेल्मेट बिना सवारी साधन नचलाउन पनि ट्राफिक प्रहरी प्रमुख दाहाललेआग्रह गरेका थिए । बिधार्थीहरुलाई सवारी साधनमा यात्रा गर्दा गाडी नम्बर,गाडी भाडादर टासेको छ वा छैन त्यो पनि हेर्न अनुरोध गरेका थिए ।
ट्राफिक नियम अनुसार सुरक्षित साथ सडकमा हिँड्न तथा बाटो काट्न विद्यार्थीलाइ ट्राफिक नियमको जानकारी गराउदै ट्राफिक नियम पालना नगर्दा हुन सक्ने दुर्घटनाको ’boutमा जानकारी दिएको छ । जथाभावी सडकमा हिँड्दा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक नियमको ’boutमा जानकारी दिईएको थियो।
सुन्दरहरैचा नगरपालिकाका स्वाथ्य साखा प्रमुख लिलामणि दाहालले बिधार्थीहरुलाई जंगफुड सम्बन्धित प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुलाई जंगफुड नखान र खाएमा त्यसले आफ्नो स्वास्थमा पर्ने असरहरु ’bout जानकारी गराएका थिए।
बच्चाहरुलाई मायाले जंगफुड खुवाउने परम्परा रहेको भन्दै स्वाथ्य साखा प्रमुख दाहालले त्यसले बच्चाको शरीरलाई हानी पु¥याउने बताउदै त्यस्तो नखान अनुरोध गरेका छन्। बच्चालाई सकेसम्म जंकफुड नखुवाई घरमै बनेको खानेकुरा र मौसम अनुसारको फलफुल खाने बानी बसाल्न पनि अनुरोध गरेका थिए ।
प्रशिक्षणको दोश्रो दिन सुन्दरहरैचा नगरपालिका सामाजिक शाखा प्रमुख सुशील पोखरेल र मोटिवेशनल स्पीकर चन्द्रकला घिमिरेले प्रशिक्षण दिएका थिए। सुन्दरहरैचा अपडेटका संचालक शिव भट्टराई भोजपुरले अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अथिति सुन्दरहरैचा १२ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता रोशन प्रसाद ढकाल रहेका थिए। सहभागी बिधार्थीहरुले पनि आफूहरुले यहाँ सिकेको ज्ञान अन्य साथीहरु भन्ने र यस्ता खालका कार्यक्रमले आफूहरुले के गर्न हुन्छ के गर्न हुन्न भन्ने ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका थिए।
समापन पछि कार्यक्रमका अध्यक्ष भट्टराई,प्रमुख अथिति वडा अध्यक्ष ढकाल,वडासचिव सुशील खतिवडा लगायतले बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थिए। कार्यक्रममा ५० जना भन्दाबढी विद्यार्थीहरुसंगै जनप्रतिनिधिहरू टोल विकास सस्था प्रमुख एवं विभिन्न प्रतिस्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रको सहजीकरण जनाचर्चा टाइम्सका संचालक एलएन गच्छदारले गरेका थिए ।






