निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै बुद्धभूमि नगरपालिका

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालीकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ। यसका लागि नगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।

बुद्धभूमि नगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उमेद्वारका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको हो। जेठ ७ गते कार्यालय समय भित्र सूचना संगै रहेको लिङ्कमा गई फारम भर्नुपर्ने पालिकाले सूचनामा उल्लेख गरेको छ ।

नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाणपत्र, खरिदार र नायब सुब्बा स्तरको कक्षाका लागि प्लस टु पास गरेको अथवा लोकसेवा आयोगको फारम भरेको भए प्रवेश पत्र वा फारम भरेको प्रतिलिपि उल्लेख गर्नुपर्ने पालिकाले जनाएको छ ।

लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै नगरपालिकाले युवाका लागि नायव सुव्वा र खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गर्न गएको नगरप्रमुख केशव कुमार श्रेष्ठले बताए ।

युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गर्न थालिएको नगरप्रमुख श्रेष्ठले बताए ।

फर्मका लागि यहाँ क्लिक गर्नुस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSctSR8TRQw712lK1nwvyp5XHf-67gufBZbrPjIuli3FE4fHXw/viewform

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो