आजपा निकटको पेन्टर श्रमिक संघ गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम पेन्टर श्रमिक संघको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ । आजपा निकटको टे«ड युनियन फेडरेशन नेपालको काठमाडौं स्थित केन्द्रीय कार्यालयमा भएको एक भेलाले बिनोदकुमार चौधरीको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन भएको हो ।

देशका सम्पूर्ण पेन्टरहरुको पेशागत हकअधिकारको रक्षा एवं विकासका लागि गठन भएको हो । समितिको सदस्यहरुमा लालबहादुर चौधरी, राजकुमार चौधरी, इन्द्रनारायण चौधरी, मसीलाल चौधरी, महेन्द्र चौधरी, बलदेव चौधरी, अभिनन्द चौधरी, संजिव चौधरी, रामनारायण सिंह, शिवप्रसाद चौधरी, विरेन्द्र चौधरी, धुरन प्रसाद चौधरी, चन्दु चौधरी, अमिन चौधरी, दिलिप मण्डल, अमृता थापा मगर लगायतका रहेका छन् ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा, उपमहासचिव धनकुमारी मगर लगायतका नेताहरुको बिशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार