बागलुङमा अर्कि महिलाको रिपोर्ट पोजेटिभ


बागलुङ । कोरोना संक्रमणको जोखिमयुक्त बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा शंकास्पद (पोजेटिभ) लक्षण देखिएको छ ।

काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला–६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।
¥यापिड टेष्टमा पोजेटिभ देखिए पछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको छ । उनी केहि साता अघि मात्रै गाउँका अन्यसँग मिलेर भारतको तिर्थयात्रा गएर फर्केकी थिईन् ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा पठाउने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘महिलाका अन्य कुनै लक्षण देखिएको छैन’ तत्काललाई होम क्वारेन्टिन मै निगरानी गर्छौ ।’

‘अहिले नै कोरोना संक्रमित भन्नु मिल्दैन’ उनले भने ‘थ्रोट स्वाव’ पछि मात्रा संक्रमण भए नभएको पुष्टि हुन्छ । महिला सहित उनको परिवार र सम्पर्ककमा भएकाहरुलाई क्वारेन्टाइनमा राख्न राखिने छ । किटले कोरानो भाइरस परीक्षण नभई ‘एन्टिबडी हर्माेन) को परीक्षण गर्दछ । यदि मानिसको शरीरमा भाइरस संक्रमण भए एन्टिबडी हर्माेन अर्थात रोग प्रतिरोधात्मक क्षमता कम गर्ने रसायन उत्पादन हुन्छ ।

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस (कोभिड १९) को द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट)मा आईतबार दश स्थानीय तहका ३६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । एक जना बाहेक अन्यको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपनि २१ दिनसम्म होम क्वारिन्टनमा राहनु पर्छ ।

आइबार बागलुङ नगरपालिकामा ८, ढोरपाटन नगरपालिकामा ५०, काठेखोला गाउँपालिकामा ५७, ताराखोला गाउँपालिकामा २९, बरेङ गाउँपालिकामा ३५, जैमिनी नगरपालिकामा ८६ र गल्कोट नगरपालिकामा एक सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

संघीय अदालतद्वारा नेपालसहित ७५ देशका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको भिसा प्रतिबन्ध खारेजका लागि आदेश