धनगढीले पायो ‘जिरो वेष्ट सिटिज नेटवर्क’को सदस्यता

धनगढी । कैलाली धनगढी उपमहानगरपालिकाले ‘जिरो वेष्ट सिटिज नेटवर्क’को सदस्यता पाएको छ । ग्लोबल एलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सले उपमहानगरपालिकाले सदस्यता प्रदान गरेको हो ।

फोहोरमैलाको उचित व्यवस्थापन गरेको भन्दै ‘जिरो वेष्ट सिटिज नेटवर्क’को संस्थापक सदस्यता दिइएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी गरिरहेको प्रयास एवं स्वच्छता सम्बन्धी पहललाई कदर गर्दै जिरो वेष्ट सिटिज नेटवर्कको फाउन्डेसन मेम्बरको सदस्यता दिएको ग्लोबल एलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सले जनाएको छ ।

जिरो वेष्ट सिटिज नेटवर्कमा हालसम्म विश्वका ५५० सहर आबद्ध रहेका छन् । नेपालका धनगढीसहित अन्य २ नगरपालिका आबद्ध रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना