बीरगञ्जमा भेटिएका कोरोना संक्रमित जमातीका लागि नेपाल आएका थिए

वीरगन्ज । भारतबाट आएर वीरगन्जमा बसोबास गर्ने तीनजना भारतीय नागरिकमा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि मुलुकको प्रमुख व्यापारिक नाका बीरगञ्जबाट कोरोना संक्रमण पनि भित्रन थालेको पाइएको छ । यसअघि नेपालमा भेटिएका कोरोनाका संक्रमित हवाईमार्ग आएका थिए ।

वीरगन्ज नाकाबाट २४ जना आएका थिए

जमातीमा नेपाल आएका भनिएका भारतका २४ जना मुस्लिम नागरिक मध्ये ३ जनाको थ्रोट स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित तीनै जनालाई गएको शुक्रबारबाट वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । २४ जनाको एउटै समूहमा नेपाल प्रवेश गरेका मध्ये १४ जना भने एकै मस्जिदमा रहेका छन् ।

उनीहरुमा संक्रमणदेखिएपछि उनीहरु कहिले नेपाल प्रवेश गरेका थिए ? कहाँ बसे ? को को सँग सम्पर्क गरे ? भन्ने विषय प्रशासनका लागि टाउको दुखाईको विषय बनेको छ । एउटै समूहमा आएका २४ जना मध्ये १४ जनाको समूह वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित ‘मक्कि जामे मस्जिद एतिमखाना डारुल एतामा इस्लामियमा’ मा १६ दिनदेखी बस्दै आएको सो मस्जिदका मौलाना अलि अस्गर मदनीले बताए ।

उनीहरु विभिन्न मस्जिदमा कसेका थिए : मौलाना अलि अस्गर

जमाती गएको डिसेम्बर ४ तारिखमा नै नेपाल आएको थियो । उनीहरु फागुनको ३, ४ र ५ अर्थात फेव्रुअरी १५, १६ र १७ गते सप्तरीको जाँजरगाउँमा भएको धार्मिक भेलामा पुगेर सुनसरी र रौतहट हुँदै विभिन्न मस्जिदमा बस्दैै पुनः १६÷१७ दिन पहिले वीरगन्जको मर्कजमा आइपुगेका हुन् । केही दिन मुर्ली र त्यसपछि आठ दश दिनबाट यो मस्जिदमा पठाएको बुझेको हुँ । जमाती चलाउने काम मर्कजका अगुवाहरुले गर्छन् ।

चार महिनाका लागि नेपाल आएको भनिएका जमातीको गएको चैत २२ गते अर्थात ४ तारिखमा फिर्ता जाने टिकट थियो । पछि फेरि दुवै देशको लकडाउनको कारण पुनः १५ तारिखको मिति राखेको मर्कजका अगुवा सकिल शेखको भनाइ उदृत गर्दै उनले भने ।

जमाती सुरुमा वीरगन्जको मर्कजमा आउँछन्

वीरगन्जमा जमाती आउँदा वीरगन्ज वडा नम्बर ३ छपकैयाकै मदर्शा वरकतुल ओलुम भन्ने ‘मर्कज’मा पहिले आउँछन् । यहाँ आएपछि उनीहरुलाई कता कता राख्ने भन्ने निर्णय त्यहाँका अगुवाहरुले गर्छन् । बाहिरबाट आएका जमातीलाई विभिन्न मस्जिदमा पठाउँने अगुवाहरुलाई जमाती चलाउने भनिन्छ । सोही बमोजिम जमाती चल्छ । मदर्शा वरकतुल ओलुमका अध्यक्ष मसवर अंसारी ( रियाज ) ले भने ‘जमातीमा अमिर भन्ने लिडर हुन्छ । अमिरले जे भन्यो उसैको कमाण्डमा जमाती मस्जिदमा रहने बस्ने गर्छन्’ । उनी भन्छन् ‘पहिले म पनि जमाती चलाउथें । गतबर्ष विवाद आएपछि मैले चलाउन छोडे । अहिले सकिल मोहमद शेख र हाजी अब्बासले जमाती चलाउँछन् ।’

घुसुकपुर मस्जिदमा २४ जनाको टोली

जमातीमा आएको २४ जनाको टोलीमा आएका अरु १० जना भने वीरगन्ज १ घुसुकपुरमा रहेको अर्को हजरत बिलाल भन्न मस्जिद बसेका थिए । ती १० जना सहित स्थानीय ३ मौलाना र सो मस्जिदको रेखदेख गर्ने २ जनालाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको छ । मक्कि जामे मस्जिदमा रहेका ११ जनालाई पनि शनिबार साँझ नै प्रहरीले नियन्त्रणमा लिई २६ जनालाई शनिबार नै वीरगन्जको सिद्धार्थ मा.वि.मा रहेको क्वारेन्टाइनमा राखिएको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए ।

गएको बिहिबार जमातीको स्वास्थ्य परिक्षणको लागि जमाती चलाउने सकिल लगायतले वीरगन्जको नारायणी अस्पतालमा पु¥याएको थियो ।

जमातीको नियम

जमाती आफ्नै खर्चमा ३ दिन, १० दिन, ४० दिन र ४ महिनाका लागि निस्कने गर्छ । नेपालमा डिसेम्बरमा आएको जमाती ४ महिनाका लागि आएको मुस्लिम अगुवाहरुले बताउँछन् । लकडाउन पूर्व नै उनीहरु नेपाल आए पनि फर्कने समयमा उनीहरु यतै रोकिएर मस्जिदहरुमा बसेको उनीहरुको भनाइ छ ।

एरिया सिल

वीरगन्जको वडा नम्बर २ र १ को जामाती बसेको एरिया मध्यान्ह पछि सिल गरेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख वीजय कुमार सरावगीले बताए । ‘आफ्नै निर्देशनमा स्थानीय सुरक्षाकर्मीले एरिया चाही सिल गरेको छ । बाँकी पूर्व तयारी नै केही छैन । नारायणी अस्पताल केन्द्रको मातहतमा छ । अझै कोरोना परिक्षणको किट समेत पठाएको छैन । हामी लोकलमा के नै गर्न सक्छौं र ।’ उनले भने ।

बल्ल कोरोना हस्पिटल बनाउने कुरा

कोरोना हस्पिटल बनाउन पटक पटक माथि पहल गर्दा अझै सम्म वीरगन्जलाई प्रदेश र केन्द्रले उपेक्षा गरेको नगर प्रमुख सरावगीको ओरोप छ । ‘नाकामा भएको अस्पताललाई कुनै वास्ता गरिएन’ उनले भने ‘बल्ल प्रदेश सरकारले बाराको कलैया अस्पताललाई कोरोना अस्पताल बनाउने भन्दैछ । पूर्व तयारी नै ढिलो भयो ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : प्रभु साह