नौगाउँ डुङरी सिंचाई योजना आठ वर्ष देखि अलपत्र

डडेल्धुरा । देशमा संघियता लागुहुनु अघि नै गाउँमा आएको सिंचाई योजनाले खुसी भएका नौगाउँ डुङरीबासी समयमै योजना सम्पन्न नभएपछि निरास भएका छन । भागेश्वर गाउँपालिका वडा नं. ४ को सबैभन्दा ठूलो नौगाउँ डुङरीको हजारौ रोपनी जमिनामा सिंचाईको व्यवस्था पुगाउन सिंचाई योजना परेको थियो ।

जमिन बाँझिदै, बस्ती रित्तिदै

आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका वस्तिका बारीमा सिंचाई गर्न आर्थिक वर्ष २०७२–२०७३ मा तीन करोड रकम विनियोजित भई योजना निर्माणका लागि ठेक्का लगाईएको थियो । वडा नं. ४ का चार वटा वस्तिको हजारौ रोपनी जमिनमा सिंचाई गर्ने उद्देश्यले योजना निर्माणको काम थालिएको थियो । तर योजना सम्पन्न नहुदै अलपत्र पारिएपछि जमिन बाँझौ हुदै गएको छ । वस्तीहरु रित्तिदै गएका छन ।

दुई वर्षमा काम सम्पन्न गर्ने गरि भएको ठेक्का सम्झौताको काम आठ वर्ष बिचिसक्दा समेत सम्पन्न नहुदा नौगाउँ डुङरीबासीका लागि यो योजना हात्ति आयो, हात्ति आयो फुस्स, जस्तै भएको छ । योजना निर्माणका लागि जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुराले शर्मा थेगीम जेभी निर्माण कम्पनी कैलालीसंग २०७२ साल जेष्ठ महिनामा ठेक्का सम्झौता गरेको थियो ।

नौगाउँ डुङरी नेपाली काँग्रेसका नेता एवं पूर्व सिंचाई, परराष्ट्र मन्त्री एनपी साउदको पहाड घर हो । उनी सिंचाई मन्त्री हुदा गाउँमा सिंचाईको योजना परेको थियो । तर उनी त्यस पछिको अर्काे सरकारमा परराष्ट्र मन्त्री भएर बाहिरिदासमेत योजना सम्पन्न हुन सकेन । बनेका संरचनाहरु जिर्ण हुदै गएका छन ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुराका डिभिजन अधिकृत रामरथ खरेलका अनुसार निर्माण कम्पनीले बनाएका आठ वटा पोखरी हाल जिर्ण भईसकेका छन । गाडिएका पाईपहरु समेत चोरी भएका छन । निर्माण कम्पनीले सुरुको वर्ष पानीको मूलबाट पाईप बिछाई गाड्ने र आरसीसी ढलान गरि पोखरी निर्माण गर्ने काम गरेको थियो । तर काम अधुरै गरेर छोडिपछि हाल पोखरी जिर्ण बन्दै गएको र गाडेका पाईप हराउदै गएको उनले बताए ।

यस योजनाको नाला बनाउने काम उपभोक्ता समितिबाट गरिएको वडा नं. ४ का वडा अध्यक्ष वसन्तराज चटौतले बताए । योजनाको ठेक्का पाएको निर्माण कम्पनीले काम नगर्दा योजना अलपत्र परेको उनको भनाई छ । सात वर्ष देखि ठेकेदार योजना निर्माण स्थलमा फर्कनुभएको छैन । उनले भने, ठेकेदारको मोबाईलमा सम्पर्क गर्दा सम्पर्क नै हुदैन । आफुले ठेकेदारलाई सम्पर्क ल्याउन नै नसकेको उनले बताए ।

उनका अनुसार सिंचाई योजना नबन्दा गाउँ रित्तिदै गएका छन । सिंचाई योजना सम्पन्न भए औल क्षेत्रको यी गाउँको उर्वरभूमीमा प्रशस्त अन्नबाली उत्पादन हुने आशमा स्थानीय भए पनि योजना अलपत्र पारिदा बसाई सराईको क्रम बढेको छ ।

योजना निर्माणका लागि पटक पटक म्याद थप भएको देखिने जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख खरेलको भनाई छ । गत वर्ष मात्रै आफु यस कार्यालयमा आएको बताउदै उहाँले उक्त निर्माण कम्पनीले ठेका सम्झौता अनुसार काम नगरेकाले कारबाही गर्ने प्रक्रिया शुरु गरेको जानकारी दिए । बारम्बार सम्पर्क गर्दा अधुरो काम सम्पन्न गर्न निर्माण कम्पनीले कुनै चासो नदेखाएकाले सम्झौता रद्द गर्ने प्रक्रिया थालेको उनले बताए ।

आठ वर्ष देखि योजना अधुरै रहदा जिर्ण हुदै गएका नौगाउँ डुङरी सिंचाई योजनाका पोखरी । तस्बिरः सम्झना पाण्डेय ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीको भन्दा तीन गुना बढी मत