मास्क खै भनेर सोध्ने प्रहरीलाई ब्यापारी ‘नेता’ले मुक्का हानेपछि….

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal


जनकपुरधाम । जनकपुरधामको महाबीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीहरुले प्रहरी माथि दूव्र्यवहार गर्नुका साथै प्रहरीको मोबाइल समेत फोडिदिएका छन् ।

आईतबार बिहान लकडाउनको पालना नगरी महावीर चोकमा मोटरसाइकलमा मास्क नलगाई जाँदै गरेका जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित साहलाई प्रहरीले मास्क बिना नहिंडन आग्रह गर्दा शाहले प्रहरी असई विद्यापति ठाकुरलाई दुव्र्यबहार गरेका थिए ।

‘मास्क नलगाई आएको देखेपछि मैले साहलाई रोकेर सर मास्क किन नलगाउनुभएको ? यस्तो महामारीको अवस्थामा मास्क लगाउनु पर्छ भन्दा घरमै बिर्सेर आएँ भन्नु भयो ।’ ठाकुरले भने ‘त्यसपछि मैले उहाँलाई गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र देखाउन अग्रह गरे । तर साहले कागजपत्र नदेखाइ उल्टै स्थनीय केही व्यपारीलाई बोलाएर मलाई तथानाम गालीगलौज गर्दै धक्कामुकी समेत गर्न थाले ।’

धक्कामुकीको क्रममा आफ्नो मोबाइल समेत साहले फोडेको असइ ठाकुरले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले व्यापार संघका पदाधिकारी र प्रहरीबीच सहमती भएको वताए । जनकपुर उद्योग वाणिज्य संघले नयाँ मोबाइल किनीदिने सहमती भएको समेत उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

रेडबुल १३ औं कृति अवार्डस् आयोजना हुने