कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सदनदेखि सडकसम्म उत्रने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसद्देखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कांग्रेसले लामो समयदेखि संसद्मा सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ ।

बुधबार कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त बनाउँदै लैजाने निर्णय गरेको हो । कांग्रेसले भोलि (शुक्रबार) काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको छ । कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगीमा संलग्नमाथि कारबाही माग गरेको छ । मुलुकभरका सहकारीपीडितलाई एकजुट बनाएर कांग्रेसले सडक संघर्ष गर्ने बताएको छ । त्यसका लागि कांग्रेसले प्रदेश र जिल्ला केन्द्रित कार्यक्रम पनि गर्दै जाने बताएको छ । गृहमन्त्री लामिछानेले सहकारीको करोडौं रुपैयाँ अपचल गरेको प्रमाणसहितको तथ्य बाहिर आउँदा पनि नेकपा एमाले र लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू संसदीय छानबिन बनाउनबाट पन्छिँदै आएको आरोप कांग्रेसले लगाएको छ । सहकारी बचतकर्ताको रकम अपचलन गर्नेलाई गृहमन्त्रीमा राखेकामा कांग्रेसको आपत्ति छ ।

नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको कांग्रेसले काठमाडौं केन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी भएको कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जानेछ ।’ सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता’bout छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ । कानुनी राज्यका मर्यादाविपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको हुनसक्ने कांग्रेसको ठहर छ ।

त्यस्तै, पार्टीले गर्ने भनेको संघर्षको औचित्य र आवश्यकता’bout पनि छलफल भएको छ । बैठकमा सहभागीहरूले आन्दोलन’bout पार्टीले स्पष्ट कार्यदिशा र धारणा बनाउनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य कुन्दन काफ्लेले पार्टीले आन्दोलन घोषणा गर्दैगर्दा सहकारीपीडितलाई संरक्षण गर्न हो वा भ्रष्टाचारविरुद्ध हो अथवा संसदीय समिति बनाउन दबाब दिने उद्देश्यले भन्ने प्रस्ट हुनुपर्ने बताए । उनले बैठकमा बोल्ने अधिकांश नेताहरूले गृहमन्त्रीको राजीनामाका लागि आन्दोलन गर्ने हो भने त्यो आन्दोलन कहाँ गएर टुंगिने हो ? पार्टीले निर्धारण गर्नुपर्ने बताए ।

त्यस्तै, कतिपय नेताहरूले पार्टीका कार्यकर्ताले अन्य पार्टीलाई भोट हाल्दा हैरान भइसकियो भनेर गुनासो आउने गरेको भन्दै पार्टी आफ्नो खुट्टामा उभिएर सडक प्रदर्शन गर्नुपर्ने धारणासमेत राखेका छन् । क्यान्टोनमेन्ट, गिरीबन्धु र कुकुल्यान्डजस्ता घोटालाको पूर्ण भ्रष्टाचार नियन्त्रणका लागि लड्नुपर्ने पनि नेताहरूले बताएका छन् । जारी बैठकमा महामन्त्री गगनकुमार थापाले सहकारीको रकम अपचलन र ठगीविरुद्ध सडक र सदन दुवै स्थानबाट संघर्ष गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । आन्दोलनमा गिरीबन्धु टि इस्टेटको जग्गा घोटालाको विषयसमेत समेट्नुपर्ने आवाज उठेपछि त्यसलाई समेत समेटेर पार्टीले निर्णय गर्ने बताइएको छ । कांग्रेसले भोलि (शुक्रबार)बाट आन्दोलन थाल्ने बताइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध