Sunday, June 13, 2021
Home Editor-Picks क्वारेन्टाइनमा बसेका समाजबाटै अपहेलित !

क्वारेन्टाइनमा बसेका समाजबाटै अपहेलित !

,

ललितपुर । विदेशबाट आएपछि ‘सेल्फ क्वारेन्टाइन’मा बसेकाहरू ‘कुनै स्वास्थ्य समस्या नदेखिए’ पनि समाजबाट ‘अपहेलित हुनुपरेको’ महसुस गरिरहेका छन् । विदेशबाट फर्किएर महालक्ष्मी नगरपालिकामा आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’मा बसेका उनीहरू कोरोना त्राससँगै समाजको दृष्टिकोणप्रति दुःखी देखिएका हुन् ।

मनोबल उच्च बनाउनुको साटो केही अन्य तŒवले ‘छिःछिः–दुरदुर’ गर्ने, घृणा गर्ने, देख्नेबित्तिकै टाढैबाट भाग्ने, ‘घर–टोलबाट टाढा गइदिए हुन्थ्यो’जस्ता भाव देखाइरहेको उनीहरूले अनुभव गरिरहेका छन् ।

म्यानमारबाट गत ७ चैतमा स्वदेश फर्किएकी वर्षा राजभण्डारी यस्तो मारमा परेकीमध्ये एक हुन् । उनी आफ्नै ङ्खल्याटमा चौध दिन ‘सेल्फ क्वारेन्टाइन’मा बसिसकेकी छन् । विदेशबाट आएको तीन साता भइसक्दा पनि उनमा कुनै स्वास्थ्य समस्या देखिएको छैन ।

‘एउटा सामाजिक संस्थामा काम गर्ने क्रममा म्यानमारमा थिए“, भर्खरै नेपालबाट बिदा सकाएर म्यानमार के पुगेकी थिएँ ? कोरोना संक्रमणको खतरा बढ्दै जाँदा स्वदेश फर्किए“,’ राजभण्डारी भन्छिन्, ‘यहाँ आएर सावधानीपूर्वक सेल्फ क्बारेन्टाइनमा बसें, खाना खाने भाडादेखि सुत्नेकोठा र अरू वस्तु छुट्टै प्रयोग गरें, कोठाभित्रै बसेर अफिसिएल काम गरिरहेकी छु ।’

ङ्खल्याटमा एउटा मात्र शौचालय भएकाले त्यसको प्रयोग भाइ र आफूले मात्र गरेको राजभण्डारी सुनाउ“छिन् । ‘मनमा कताकता विदेशबाट आएकाले केही होला कि भनेर सतर्क थिए“,’ उनी भन्छिन्, ‘सरसफाइमा विशेष ध्यान दिएकी छु, समाज र छरछिमेकको व्यवहारदेखि भने चित्त दुखेको छ । जहाँ बसे पनि आफ्नै देश आउने चाहना हुनु स्वाभाविक हो ।’

विदेशबाट फर्किएलगत्तै लकडाउन भएपछि राजभण्डारी क्वारेन्टाइनमा बसिन् । त्यतिबेला उनका छिमेकी अनेक तरहका कुरा गर्थे ।

‘भाइस“ग तेरो दिदीलाई अरूबाट टाढै बस्न भन, ऊ बाहिर आयो भने भाइरस सार्न सक्छ भनेर भाइलाई टेन्सन दिइरहेका थिए,’ उनले सुनाइन्, ‘हुन पनि उनीहरू डराउनु स्वाभाविक हो । सतर्कता अपनाउने कसरी र समाजको भूमिका कस्तो हुनुपर्छ भनेर यस्तो बेला मनोबल बढाउनुको साटो अनेक कुरा गरिनुहुन्न जस्तो लाग्छ ।’

सुरक्षा सतर्कताका लागि घचघचाउने तर भने तनाव दिन नहुने राजभण्डारीको आग्रह छ । ‘भाडामै बसे पनि सबैका कोठा छुट्टाछुट्टै नहुनेलाई छिमेकीले कसरी सहजीकरण गर्नुपर्छ भन्ने सोच्नुपर्छ,’ उनी भन्छिन् ।

महालक्ष्मी नगरपालिकामा विदेशबाट आएर ‘सेल्फ क्वारेन्टाइन’मा बसेका ७० जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब नमुना लिइसकिएको छ । त्यस क्रममा हेल्थपोस्टमा पुग्दासमेत वरपर टोलकाले घेरेर हेरिरहँदा साह्रै दुःख लागेको राजभण्डारीले बताइन् । ८ वडामा बस्ने उनलाई अध्यक्षबाटै नमुना संकलनका लागि अनुरोध गरिएको हो ।

पछिल्लो तीन सातासम्म विदेशबाट आएका ७० जना ‘सेल्फ क्वारेन्टाइन’मा बसेको महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए ।

महालक्ष्मीमा बेलायत, नर्वे, कतार, मलेसिया, अस्ट्रेलिया, यूएई, म्यानमार, भारत, बंगलादेश, माल्दिभ्सलगायतका देशबाट आएका क्वारेन्टाइनमा छन् । बेलायतबाट एक वर्षको छुट्टीमा आएकी प्रमिला राई वडा ९ भुजुङ्गेमा बस्छिन् । उनी गत २१ फागुनमा स्वदेश आए पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेकी छन् ।

‘वरपर यो घरमा विदेशबाट आएका मान्छे छन् भनेर कुरा गरिरहेको पाइएको छ,’ राई भन्छिन्, ‘मलाई कुनै तनाव छैन, तैपनि परीक्षण गरिहालौं भनेर आएकी हुँ, समाजको दृष्टिकोण त्यति राम्रो लागेन ।’

कतारबाट आएका रामकिशोर राईलाई पनि छरछिमेकले ‘विदेशबाट आएको’ भनेर गरेको व्यवहार देख्दा दुःख लागेको छ । वडा ८ मै रहेकी निहिता विश्वासले आफूहरूलाई कोरानासँग जोडिएका लक्षण नदेखिए पनि ‘विदेशबाट आएको’ भन्नेबित्तिकै देखाउने व्यवहार त्यति राम्रो नभएको बताउ“छिन् ।

नर्वेमा सुत्केरी छोरी स्याहार्न तीन महिनाका लागि गएका दम्पति बलराम थापा र सानु थापा त्यहाँ पुगेको एकसातामै स्वदेश फर्किए । ‘गाउँ जाँदा अरूले के भन्लान् ?’ भन्ने डरले छोरीको घरमा १५ दिन बसेर मात्र गाउँ गएको बलारामले बताए ।

विदेशबाट आएका एक युवकले आफूलाई ‘घरबेटीबाटै दबाब आएको र अरूले पनि तुच्छ व्यवहार गरेकाले पीडामाथि झन् पीडा थपिएको’ तीतो अनुभव सुनाए ।

महालक्ष्मी नगरपालिकाको आग्रह र स्वास्थ्य कार्यालय ललितपुरको अगुवाइमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याब अधिकृत टोलीले बिहीबार र शुक्रबार उनीहरूको स्वावको नमुना लिएको छ ।

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

साताका लोकप्रिय समाचार

त्रिकोणात्मक सिरिज स्पेनमा हुन

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको सो त्रिकोणात्मक सिरिज...

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारमा उजुरी

  इटहरी । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोसी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी गरेको समाचार...

कृषि बजेटमा वृद्धि र चुनौती

मुलुकको कृषि विकास आर्थिक मेरुदण्डका रूपमा रहेको छ । झन्डै ६६ प्रतिशत जनताको मुख्य पेसाका रूपमा रहेको कृषि व्यवसायमा मुलुकको अर्थतन्त्र निर्भर गर्छ ।...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

ट्रेन्डिङ

कृषि होइन, किसानलाई प्राथमिकता

सर्लाहीका उखु किसान नारायण राय यादवले आफूले उत्पादन गरेको उखुको मूल्य पाउनुसमेत राष्ट्रिय राजधानी काठमाडौंमा मृत्युपर्यन्त आन्दोलन गर्नु हाम्रो देशको कृषि नीतिको असफलता, राजनीतिक...

पूर्वसचिव पत्नीको हत्या: कामदारको क्षणिक आवेगको परिणाम

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या उनकै घरका कामदारको क्षणिक आवेशबाट भएको खुलेको छ । सानेपास्थित आफ्नै घरमा काम गर्ने दाङका...

काेराेनाबाट १६ लाख ७ हजार ६२६ सङ्क्रमित, ९५ हजार भन्दा बढीको मृत्यु

एएफपी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि ९५...

बुद्ध नेपालमा जन्मेको विषयमा कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकामा कुनै शंका नरहेको प्रस्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले...

सहमतिको राजनीति जरुरी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पछिल्लो सचिवालय बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच धेरै विषयमा सहमति भएको हुन सक्ने अड्कलबाजी चलिरहेको...

ओली प्रचण्डविच के सहमति भयो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दशबजेबाट...

क्लिनिक र निजी अस्पतालले बिरामी जाँच्नै छाडे

काठमाडौं । देशभरका अधिकांश निजी अस्पताल तथा क्लिनिकले बिरामी जाँच्नै छाडेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमको त्रासले निजी अस्पताल तथा क्लिनिकले सेवा...

रियलले रंगशाला दिने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडले मेडिकल सामान भण्डारणका लागि सान्टियागो बर्नवेउ रंगशाला दिने भएको छ । महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उपचारका...

म्यानमारकी यी सुन्दरी जसले सैनिक शासनविरुद्ध हतियार उठाइन्

काठमाडौं । १ फेब्रुअरी २०२१ अर्थात् म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको दिन । त्यस दिनदेखि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलगायत...

भ्रष्टलाई नामेट पार्न जाग हे अख्तियार !

यतिखेर मुलुकमा सुशासनको दियो बाल्ने प्रमुख जिम्मेवारीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्य सञ्चालनमा मुख्य भूमिकामा रहेका अन्य संवैधानिक आयोगलाई समेत कमजोर बनाउने...

काठमाडौंमा ६५२ सहित उपत्यकामा थपिए ७३७ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंमा मात्रै ६५२ जना संक्रमण देखिएको छ भने ललितपुरका ६० र...

७७ वटै जिल्लाभित्र चल्ने पास खारेज

काठमाडौं । सरकारले देशका ७७ वटै जिल्लाबाट जारी भएका जिल्लाभित्र सवारी आवतजावतका लागि अनुमति प्राप्त पास खारेज गरेको छ । गृह मन्त्रालयले बिहीबार ७७...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)