संसद्को गरिमा कायम गर !

प्रतिनिधिसभाको बैठक निरन्तरतामा छ । प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध पनि जारी नै छ । सत्ता पक्षको काम कारबाही र एजेन्डा पनि अघि बढिरहेको छ । संसद्मा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले विरोध सुरु गरिहाल्छन् । विश्वासको मत लिँदैगर्दा प्रधानमन्त्रीले प्रतिपक्षलाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिन्छन् ।

प्रतिपक्ष उस्तै परे मन्त्रीहरूलाई गलहत्याउन पनि पछि नपर्ने धम्की दिन्छन् । वादप्रतिवाद चलिरहेको छ । संसद् गफ गर्ने मात्र होइन, अब त लडाइँ गर्ने थलोका रूपमा विकसित हुँदै गएको छ । प्रतिपक्षी प्रधानमन्त्रीलाई ‘मिचाहा’ भनिरहेको छ । सभामुखलाई ‘डमी’को संज्ञा दिइरहेको छ ।

सत्ता पक्ष बोल्छ, प्रतिपक्ष त्यसको सबुत प्रमाण माग गर्छ । प्रतिपक्ष बोल्छ, सत्ता पक्ष त्यसको सबुत प्रमाण माग्छ । आरोप–प्रत्यारोप जारी छ । त्यो मत्थर हुने वा किनारा लाग्ने अवस्था छैन ।

मुलुक थिलथिलो बनिरहेको छ । गृहमन्त्री रवि लामिछानेले संसद्मा बोलेका कुरा नेपाली कांग्रेसले फतुर र आरोप मात्र भएको जिकिर गरिरहेको छ । गृहमन्त्रीले सूचना बेचेर खानेको गम्भीर आरोप लगाएका छन्, कांग्रेसमाथि । उता, काँग्रेसी नेताहरू उनीहरूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिइरहेका छन् ।

संसद्मा बेल घेराउ र नाराबाजी जारी छ । बल्लतल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले पेस गरेको नीति तथा कार्यक्रमको सम्बोधनप्रति टेबुल गरेको धन्यवाद प्रस्ताव पारित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा अवरोधका बाबजुद बैठक सञ्चालन गरिरहेका छन् ।

रस्साकस्सीका बीचमा संसद् चलिरहेको देख्दा आफ्नै समस्या समाधान गर्न नसक्ने संसद्ले मुलुक र जनताको समस्या के समाधान गर्ला भन्ने आशंका पैदा गरिदिएको छ । सत्ता, सरकार, संसद्जस्ता जनताका स्वार्थ र चाहनासँग प्रत्यक्ष जोडिएका सार्वजनिक निकाय यसरी चल्ने र चलाइने हो भने जनतामा अविश्वास पैदा हुँदै जाने देखिन्छ ।

यसलाई संसदीय परिपाटीको जामा भिराए पनि नेपालको विशिष्टतामा यसको विकास, जनतामा विश्वास र भरोसा तथा विकास हुँदै गरेको जनचेतनामा ठूलो स्खलन ल्याउन सक्छ ।
(रवीन्द्र भट्ट, बाजुरा, हाल चितवन)

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी