कमजोर व्याटिङसँगै नेपाल पराजित

काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको आईसीसी टी–२० विश्वकप उद्घाटन खेलमा ब्याटिङ चल्न नसक्दा अमेरिकाको डलासको ग्रान्ड प्रेरी मैदानमा मंगलबार भएको समूह ‘डी’को पहिलो खेलमा अन्ततः ने पालले हार बेहोरेको छ । नेपाललाई नेदरल्यान्ड्सले ६ विकेटले हराएको हो ।

मंगलबार नेपालको खेलपछि नेपाली टिमलाई सकारात्मक मानसिकता र आत्मविश्वास विकास गर्न आवश्यक रहेको स्पष्ट देखिएको छ । ‘टस’ हारेर पहिले ब्याटिङमा निम्तो पाएको नेपालले गति लिन संघर्ष गर्दागर्दै १९.२ ओभरमा १ सय ६ रनमात्र जोड्न सक्यो । जवाफमा नेदरल्यान्ड्सले १८ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।

नेपालले १० वर्षपछि दोस्रो पटक ‘टी २०’ विश्वकपमा स्थान बनाउन सफल भएको हो । तर, एक दशकपछि पनि टोलीले विगतका गल्तीबाट सिक्ने, दबाबमा खेल्न सक्ने क्षमता विकास गर्नेमा ध्यान दिन नसकेको देखिएको छ ।

जारी प्रतियोगिताका कान्छा कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ३७ बलमा ५ चौकासहित ३५ रनको योगदान गरे पनि मध्यओभरमा लगातार विकेट गुमाएपछि नेपाल सस्तैमा समेटियो । बलियो साझेदारी कायम हुन नसक्दा टोलीले चुनौतीपूर्ण अवस्था सामना गर्नुप¥यो । नेपालले इनिंग्सको तेस्रो ओभरमै दुबै ओपनर गुमाइसकेको थियो ।

ओपनर आसिफ ८ बलमा ४ रन बनाएर टिम प्रिन्गलको बलिङमा भिभियन किङ्माको हातमा ‘कैचआउट’ भए । अर्का ओपनर कुशल भुर्तेल तेस्रो ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएपछि लोगान भान बेकको शिकार बनेका थिए । सुरुवाती पराजयका बाबजुद पनि कप्तान रोहित पौडेलले क्रिज सम्हालेका थिए ।

तर, नियमित अन्तरालमा महत्वपूर्ण विकेट गुमाउँदा नेपालको प्रगतिमा बाधा पुगेको थियो । आशाजनक ब्याट्सम्यान कुशल मल्ल पनि समालिएर खेल्न सकेनन् । म्याक्स ओडाउडको बलिङमा पल भान मिकरनले ‘क्याचआउट’ गरे ।

दीपेन्द्र सिंह ऐरी, सोमपाल कामीलगायत खेलाडी छिट्टै पतन भए भने १६औं ओभरमा रोहित पौडेल आउट भएसँगै नेपालको प्रतिस्पर्धात्मक योगफल कायम गर्ने आशा सकिएको थियो । इनिंग्सको पछिल्लो चरणमा करण केसीले दुई छक्का प्रहार गर्दै रंगशालमा उपस्थित हजारौं नेपाली दर्शकलाई रोमाञ्चक बनाइदिए ।

१७ हजार क्षमताको रंगशालामा नेपाली दर्शकको उपस्थिति उत्साहजनक थियो । नेदरल्यान्ड्सका बलर टिम प्रिन्गल र लोगान भान बेकले बलिङ गर्दै तीन–तीन विकेट लिए । प्रिन्गलले ४ ओभरमा २० रन दिए भने भान बेकले ३.२ ओभरमा १८ रन दिए । पल भान मिकरन र बास डे लिडेले पनि २–२ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !