काकाकुल बस्तीमा लिफ्टीङबाट खानेपानी, २२ सय घरधुरीलाई स्वच्छ पानी

सिन्धुपाल्चोक । सदियौँदेखि खानेपानी अभावमा काकाकुल भएका साँगाचोकबासीको खानेपानीे समस्या अबको केही महिना भित्रै सधैंको लागि अन्त्य हुने भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–१०,११ र १२ वडा साविकको साँगाचोक गाविसका सयौ स्थानीय सदियौँदेखि खानेपानीको समस्याबाट आजित थिए । एक गाग्री पानी लिन चार/पाँच घण्टा टाढा जानु पर्ने बाध्यताबाट यहाँको स्थानीयको खानेपानी दुःखद सधैंको लागि अन्त्य हुने भएको हो । ३७ करोड रुपियाँको लागतमा साविकको साँगाचोक गाविसका २२ सय बढी स्थानीयलाई खानेपानी सुविधाका लागि निर्माण सुरु गरिएको लिफटीङ खानेपानी योजना अन्तिम चरणमा पुगेको छ ।

मानव बस्तीबाट १० किलोमिटर तल रहेको जाडे खोलाको मुहानबाट लिफ्टीङ गरेर उपभोक्ताहरुलाई खानेपानी वितरणको तयारी गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाको ३७ करोड रुपियाँको लागतमा निर्माण सुरु गरिएको जाडे खोला, टुनीबोटे, हर्रे, साँगाचाके खानेपानी योजनाको काम अहिलेसम्म ८० प्रतिशत सकिएको छ । ‘हामी बैशाखदेखि २२ सय उपभोक्ताहरुलाई खानेपानी वितरण गर्देछौं’, खानेपानी उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले भने ।

जाडे खोलामा रहेको खानेपानी मुहानमा ड्याम बनाएर केही तल रहेको ट्याङीकमा पानी जम्मा गरेर त्यहाँबाट चार स्टेशनको लिफ्टबाट खानेपानी स्थानीयलाई वितरण गरिने छ । मुहान स्थलमा २ लाख लिटर क्षमताको ट्याङकी निर्माण गरिएको छ । उपभोक्ताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि रिजरवेयर ट्याङ्की भन्दा माथी तिन वटा फिल्टर प्लानट निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पराजुलीले जानकारी दिए ।

पहिलो फिल्टर प्लानटमा गोला ढुङ्गा राखेर पानी प्रशोधन गरिनेछ भने त्यसबाट आएको पानीलाई आधुनिक गिट्टी राखेर बनाइएको दोस्रो फिल्टरमा राखेर पानी प्रशोधन गरिनेछ । दोस्रो फिल्टरबाट आएको पानीलाई तेस्रो फिल्टर प्लानटमा राखेर रिजरवेयर ट्याङकीमा पानी खसाल्ने संघीय खानेपानी कार्यालयका इन्जिनियर सुरेश सत्यालले जानकारी दिए । तिनवटा फिल्टरमा १२ लाख लिटर पानी २४ सै घण्टा मौज्दात हुने उनले जानकारी दिए ।

मुहानामा भएको २ लाख लिटर क्षमताको रिजरवेयर ट्याङकीबाट २ सय ३० मिटरको हेडमा रहेको खत्रीथोकमा रहेको एक लाख लिटर क्षमताको ट्याङकीमा पानी खसाल्ने योजना रहेको छ । यो आयोजनाको पहिलो लिफ्ट हो । पहिलो लिफटबाट पनि २ सय ३० मिटरको हेडबाट नयाँ गाउँमा रहेको १ लाख लिटर क्षमताको ट्याङकीमा पानी खसालिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले जानकारी दिए ।

नयाँगाउँबाट तेस्रो लिफटीङ गरेर हर्रेडाँडामा रहेको कलेक्सन ट्याङकीमा पानी जम्मा गरिने र चौथो लिफटीङ हेल्का डाँडमा २ लाख लिटर क्षमताको ट्याङकीमा पानी खसालीने अध्यक्ष पराजुलीले बताए । मुहनादेखि चार स्टेशनको लिफटीङबाट पाँचौ स्थानमा रहेको ट्याङकी सम्म पानी लैजादा १० किलोमिटरको दुरी हुने अध्यक्ष पराजुलीले बताए ।

पहिलो लिफटीङबाट उपभोक्ताहरुलाई पानी वितरण हुने छैन भने दोस्रो र तेस्रो लिफटीङबाट भने उपभोक्ताहरुलाई पानी वितरण हुने र यसका लागि छुट्टै ट्याङकी समेत निर्माणको क्रममा रहेको छ । खत्रीथोकमा रहेको ट्याङकीबाट पानी वितरण नभए पनि नयाँ गाउँमा रहेको लिफटीङबाट भने ७० घनमिटरको ट्याङकीबाट उपभोक्ताहरुलाई पानी वितरण गरिने छ ।

त्यस्तै देउरालीमा रहेको अर्काे लिफटीङबाट कोटडाँडाका उपभोक्ताका लागि १ लाख ५० हजार,चण्डेनी १ लाख ५० हजार,काभ्रे ७० हजार र स्वाँराथोकका उपभोक्ताहरुका लागि ३० हजार घनमिटरको ट्याङकीबाट पानी वितरण हुने छ । चौतारा साँगाचोकगढी नगरपालिकाको १०,११ र १२ वडाको २२ सय घरधुरीका स्थानीयलाई खानेपानी वितरणका लागि जल्केनीमा १५० घनमिटर, कार्कीटारमा वितरणका लागि ७० घनमिटर क्षमताको वितरण ट्याङकी निर्माण गरिने उपभोत्तला समितिका अध्यक्ष पराजुलीले बताए ।

मुहान स्थलदेखि ४ इन्चको जिआइ पाइपबाट पानी लिफट गरेर लगिने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका इन्जिनियर सरेश सत्यालले जानकारी दिए । तिनै वडाका सबै बस्तीमा खानेपानी वितरण मात्रै ७६ किलोमटिर लामो हुने इन्जिनियर सत्यालले जानकारी दिए । घरसम्म खानेपानी लैजाने र पायप लाइनको सबै का मभने उपभोक्ता स्वयमले गर्नुपर्ने छ ।

मेलम्ची पछिको ठुलो आयोजना

देशकै चर्चित खानेपानी आयोजना मेलम्ची पछिको जिल्लामा निर्माण भइरहेको यो आयोजना दोस्रो ठुलो हो । संसदबाटै साँगाचोकमलाई सुख्खाग्रत क्षेत्र घोषणा गरेपछि यो आयोजना सम्भव भएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले जानकारी दिए । ‘साँगाचोक क्षेत्रमा सुरुदेखि नै खानेपानीको चरम समस्या थियो,भुकम्पपछि झन विकराल अवस्था भयो, सबैको पहलमा यो योजना सम्भवन भयो’, मेयर तामाङले भने ।

मुहानस्थलदेखि लिफट गर्ने चारै स्थानमा विजुलीको पोल र तार राख्ने काम सकिएको छ । मुहानस्थलमा सय र अन्य तिन स्थानमा ५०/५० केभीएको ट्रान्सर्फमर राखिएको छ । मुहानस्थलमा १५ एचपीए र अन्य तीन स्थानमा पनि सोही क्षमताको पम्प राखेर पानी लिफट् गरिने खानेपानी आयोजनाले जानकारी दिएको छ ।

उपभोक्तालाई खानेपानी वितरण गर्दा नयाँ वितरण प्रणालीमा आधरति भएर खानेपानी उपलब्ध गराउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । ‘वितरण प्रणालीको सबै ठाउँमा जक्सन राखेर पानी दिन्छौं, यो योजनामा ४ सय स्थनमा यस्ता जक्सन बन्छ’, अध्यक्ष पराजुलीले भने ।

उपभोक्ताहरुलाई मिटर राखेर पर्याप्त पानी दिने योजना समेत रहेको पराजुलीले बताए । पानी तान्ने पम्प समेत हटो सिस्टमको हुने छ । पानी भरिउपछि पम्प आफै बन्द हुन्छ भने पानी नहुदा पम्पले आफैँ पानी तान्न सक्ने गरी जडान गरिएको आयोजनाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोलो तर्यो लौरो बिर्सो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९