Thursday, August 5, 2021
HomeEditor-Picksकोरोना कहर : शिव मन्दिरका पुजारी भोकै

कोरोना कहर : शिव मन्दिरका पुजारी भोकै

मन्दिरमा दियाे निभ्याे, स्थानिय सरकारले देखेन

,
sharethis

सुर्खेत । विश्वभरी फैलिएको कोरोना महामारीले मानव जातिलाई दिनु दुःख दिएको छ । देशभर सरकारले कोरोना रोगबाट बच्नको लकडाउन देखि अनेकौ उपाय अपनाएको छ । रोगबाट बच्ने उपाय गरिए पनि भोकले पनि निकै पीडा दिएको छ सर्वसाधारणलाई । सर्खेतको एक मन्दिरमा पुजा गर्ने पुजारी भोकै बस्न बाध्य छन् ।

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतको उत्तरगंगा जलेश्वर धामको शिवालयमा पुजारीको विजोग भएको छ । लगडाउनले गर्दा गरिब तथा विपन्न वर्ग भोकले तड्पीएका थिए नै तर, धर्म कर्म गर्नेको पनि उस्तै पीडा छ । विरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा रहेको उत्तरगंगा शिव मन्दिरमा एक बृद्धा पुजारीले भोकै रात दिन बिताउनु परेको छ ।

बृद्धा पुजारी कृष्णा गीरी शिव मन्दिरमा प्रसाद समेत चाख्ने नपाएको बताउछन् । लकडाउन हुनु अघि मन्दिर दर्शन गर्न आउने दर्शालु भक्तजनले ल्याएको फलफुल र प्रसाद खाने गरे पनि अहिले मन्दिरको दियो निभेको पुजारीको भनाई छ ।
९ वर्षसम्म यहि मन्दीरमा वस्दै आएकी बृद्धा पुजारीले पहिलो पटक भोकै बसेर मन्दीर कुरेको पीडा पोखेका छन् । तीनै तहका सरकार र मन्दिर व्यवस्थापन समितीले यो मन्दिरमा वस्ने पुजारीको बेवास्ता गरेको पुजारीको आरोप छ । ‘मन्दिरमा पुजाँआजा गर्ने सामान पनि सकिएको छ । साँझ विहान मन्दीरमा दियो बाल्ने तेल समेत छैन ।’ पुजारीले भने ।

पुजारी कृष्णा गीरि आफु त भोकै थिए । त्यहि बेला उनकोमा पाहुना पुजारीको पनि आएका छन् । जुम्ला चन्दननाथका एक बाबा जि पनि सोही शिव मन्दिरमा पाहुना लागेका छन् ।

(Visited 241 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग र त्यसको देशभरका संरचना खारेज गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले भूमिहीन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा...

चामल कुहाउने कर्मचारीलाई कार्वाहीबाट जोगाउन चामलको ‘रिपोलिसिङ’

  काठमाडौँ । सरकारीको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४० लाख ४३ हजार ९२६ रुपैयाँ बराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन...

ट्रेन्डिङ

कोरोना संक्रमित लुकाएका छैनौं : नेपाल सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमित एकजना व्यक्ति पनि नलुकाएको नेपाल सरकारले दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका...

भारतमा एकै दिन झण्डै ९६ हजार जना कोरोना संक्रमित थपिए

नयाँदिल्ली । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् । एकै दिन यति धेरै सङ्क्रमित भएको यो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)