११ औं म्यूजिक खबर म्यूजिक अवार्ड ३८ विधामा प्रदान

काठमाडौं । ११ औं म्युजिक खबर म्युजिक अवार्ड समारोहमा दीर्घ साधना सम्मानबाट अग्रज गीतकार चुडामणि देवकोटासम्मानित भएका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजना गरेको सो अवार्ड समारोहमा उनलाई ५१ हजार रुपैयाँ सहित सो सम्मान गरिएको हो । बिगत चार दशकभन्दा लामो समयदेखि गीत सृजनामा सक्रिय भएकाले उनले दीर्घ साधना सम्मान प्रदान गरिएको आयोजक संस्थामा अध्यक्ष सुमन पण्डितले कार्यक्रममा बताए ।

समारोहमा डायस्पोरा संगीत सम्मानबाट गक ओम बिक्रम बिष्ट, रजत संगीत सम्मानबाट संगीतकार अशोक कुमार राई, दशक संगीत सम्मानबाट गायक राजु परियार र गायिका रिता थापा मगर, युवा प्रतिभा सम्मानबाट गायक बैकुण्ठ महत, बाल प्रतिभा प्रोत्साहन सम्मानबाट गायक अशोक दर्जी र समाजसेजा सम्मानबाट विष्णु शाही ठकुरी सम्मानित भए । यस्तै संगीत पत्रकारिता सम्मानबाट राजधानी दैनिकर्मी पत्रकार डब्बु क्षत्री र सञ्चारकर्मी सम्मानबाट सुदर्शन प्रसाद आचार्यलाई कार्यक्रममा सम्मानित गरियो ।

कार्यक्रममा गीत संगीत सम्बन्धि विभिन्न ३८ विधामा म्युजिक खबर म्युजिक अवार्ड प्रदान गरियो । गायक कर्ण दास र गायिका संगीता राना प्रधान उत्कृष्ट आधुनिक गायक गायिका घोषित भएका थिए । अवार्डको निर्णायकमा गायक नारायण थापा, गायिका जुना सिरिस मगर, मोडल सजिना लामिछानेलगायत रहेका थिए । विभिन्न कलाकारको संगीतिक प्रस्तुति सहित अवार्ड समारोह आयोजना गरिएको थियो ।

सो समारोहमा आधुनिकमै संगीतकारको अवार्ड सुरज कुमार थापाले, संगीतकारकै जुरी अवार्ड सरोज कोइरालाले युगल गायनको अवार्ड उदय सोताङ–मनिला सोताङले, संगीत संयोजकको अवार्ड शाहस शाक्यले, गीतकारको अवार्ड डि.राईले, महिला गीतकारको अवार्ड किस्ना आचार्य रोशनीले हाँसिल गरे । पप आधुनिक म्युजिक भिडियो तर्फ छायाँकारको अवार्ड दुर्गा पौडेललाई, सम्पादकको अवार्ड विष्णु खड्कालाई, निर्देशकको अवार्ड बबिता श्रेष्ठलाई, पुरुष मोडलको अवार्ड दिक्पाल कार्कीलाई र महिला मोडलको अवार्ड अनिता गिरीलाई प्रदान गरियो ।

पप तथा लोकपप बिधामा गीतकारको अवार्ड मोहित मर्दन थापाले, संगीतकारको अवार्ड लेखु सहयात्रीले, गायकको अवार्ड चेतन राई, गायककै पपुलर अवार्ड रमेशराज भट्टराईले र गायिकको अवार्ड चाँदनी शाक्यले प्राप्त गरे । लोकगीत तर्फ गायकको अवार्ड विरही कार्की र गायिकाको अवार्ड अन्जु श्रेष्ठले, कल्चरल गीतको अवार्ड गायकतर्फ सागर गुरुङ र गायिका तर्फ सुमन थापामगरले, कौरा गीतको अवार्ड मौसम गुरुङ÷पूर्णकला बिसीले हाँसिल गरे ।

लोकदोहोरी तर्फ शब्द अवार्ड रमेश परियारले, भाकाको अवार्ड विमल परियारले, गायकको अवार्ड राजु गुरुङले, गायिकाको अवार्ड सन्जु न्यौपानेले, पपुलर गायकको अवार्ड, सुमन परियारले, संगीत संयोजक अवार्ड डोलराज बाह्रघरेले प्राप्त गरे । लोक दोहोरी भिडियो तर्फ महिला मोडल अवार्ड नारायणी खत्रीले, पुरुष मोडलको अवार्ड विजय पुनले, भिडियो निर्देशक अवार्ड दिपेन्द्र तिमिल्सिनाले, भिडियो सम्पादन अवार्ड एचबीएन किस्मतले, प्रत्यक्ष दोहोरीतर्फ गायकको अवार्ड सागर बिसीलाई र गायिकाको अवार्ड सिता परियारलाई प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रिय भावको गीतको अवार्ड उमेश लम्सालले, चलचित्रबाट गायकको अवार्ड प्रसाद २ बाट राजनराज शिवाकोटीले र गायिकको अवार्ड काँडेतारबाट सत्यकला राईले हाँसिल गरे ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी