लागुऔषध त्यागेर बन्न सकिन्छ उदाहरणीय

मकवानपुर । हेटौंडाका सौजन डिसी अहिले ३३ वर्ष भए । कक्षा ८ मा पढ्दा नै लागु औषधको लतमा लागेका उनले कक्षा १० पढ्दै गर्दा सहपाठी तान्य अग्रवालसँग प्रेम विवाह गरे । लागु औषधको लत र त्यसमाथि अन्तरजातीय विवाह परिवारले सहजै स्वीकार गरेन् । बिहेपछि उनीहरु दुबै पढाइ छाडेर सन् २०१० मा रोजगारको शिलशीलामा दुबई पुगे । दुबै जना २० वर्षलागेका मात्रै थिए । दुबईमा तान्या फेन्सी पसलमा काम गर्थिन, सौजन बेकरीमा ।

लागु औषधको लत दुबईमा पनि कायम नै रह्यो । “अहिलेको अवस्था के छ भन्न सक्दिन, त्यो बेला (सन् २०१०) ब्ल्याक मार्केटमा सहजै पाइन्थ्यो, पैसा बढी पथ्र्यो” उनी भन्छन् । सौजनको कमाइ लागुऔषध खरिद मै सकिन्थ्यो, श्रीमती तान्याको कमाइले दुई जनाको अन्य खर्च धान्थे ।

तान्य गर्भवती भएपछि सौजन नशा छोड्न प्रयास गर्न थाले । नेपाल आएरै बच्चाको जन्मदिने र यतै आएपछि नशा छाड्न पुर्नस्थापना केन्द्रमा जाने सहल्लाह सहित उनीहरु सन् २०१३ मा नेपाल फर्के ।

हेटौंडामा कोठा भाडामा लिएर २ महिने छोरा र श्रीमती तान्यालाई राखेर उनी आफू पुनस्र्थापना खोज्दै काठमाडौं पुगे । सोही दिन (सन् २०१३) रात छोरा बिरामी परे । र,उपचारको क्रममा छोराको ज्यान गयो । “त्यो चोटले मलाई झन् नशा छोड्नै पर्छ भन्ने लाग्यो” सौजन भन्छन् ।

अहिले सौजन आफूले सञ्चालन गरेको पुर्नस्थापना केन्द्रमा ५७ जना दुव्र्यशनीलाई सहयोग गरेर हेटौंडामा बसेका छन् । उनकी श्रीमती तान्या यही काममा लागु औषध दुव्र्यशनी महिलालाई सहयोग गर्छिन । हेटौंडाको मुख्य बजारमा कोठामा तान्यले सेवा केन्द्रको रुपमा महिलालाई सेवा दिइरहेकी छिन् ।

पुनस्थापना केन्द्रबाट फर्किएपछि छोरा गुमाउँदाको पीडा र नशाको तलतल भुल्न उनी आमा र दाजुको सहयोगमा भाडामा कोठा लिएर आफैंले पुर्नस्थापना केन्द्र चलाउन थाले ।

भाडामा ३ वटा कोठा लिएर छोराकै नाममा सिआन लागु औषध पुनस्थापना केन्द्र । सन् २०१६ मा सुरु गरेको यो केन्द्रबाट अहिलेसम्म एक हजारभन्दा बढी युवालाई लागुऔषधको लतबाट छुटाइसकेको उनको दाबि छ । अहिले उनको यो केन्द्र आफ्नो पैत्रिक १० कठ्ठा जग्गामा चलाएका छन् ।

यो मकवानपुरको हेटौंडा ९ स्थित सिआन पुनस्र्थापना केन्द्र बागमती प्रदेश भरकै उदाहरणीय केन्द्र रहेको भनेर प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले २०७५ सालमा ५० हजार दिएको थियो । यसैसाल प्रदेशको कृषि मन्त्रालयले पनि केन्द्रलाई सम्मान ग¥यो ।

लागू औषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनस्र्थापना केन्द्र संचालन निर्देशिका, २०७५ अनुसार पुनस्र्थापना केन्द्रमा चौबिसै घण्टा शुद्ध खानेपानीको उपलब्धता, बगैंचाको व्यवस्था, आफ्नै संरचनामा तालिम संचालनको छुट्टै हल, खेल मैदान, उपचाररत व्यक्तिलाई पर्याप्त पुग्ने गरी सुत्ने बस्ने ठाउँको व्यवस्था पालोपहरा तथा सुरक्षाकर्मी हुनुपर्छ ।

सिआन पुनस्र्थापना केन्द्रमै खेल मैदान, व्यायमशाला, स्वास्थ्य जाँचलगायतको लागि छुट्टाछुट्टै कोठाहरु छन् । त्यहा बसेकाहरु सबै बिहान व्यायम र खेलमा सहभागी हुन्छन् । दिउँसो अभिव्यक्ति-भाषण कलाको कक्षा हुन्छ । साँझ सबै मिलेर फूलबारी र तरकारी बारीमा काम गर्छन् ।

त्यहा प्रयोग हुने धेरैजसो तरकारी उनीहरु आफूले फलाउँछन । एउटा गाई पालेका छन्, दुध दहिको जोहो आफैं गर्छन् । अहिले यही बसेर आफ्नो कुलत छुटाउने कोशिसमा ५७ जना १९ वर्षदेखि ६७ वर्षका व्यक्तिहरु छन् । केन्द्रमा ७० जना राख्न सकिने क्षमता रहेको छ ।

सिआनमा हाल ८ जना पूर्व प्रयोगकर्ताहरुले त रोजगारी नै पाएका छन् । केन्द्रमा नियमित सेवा लिनेहरुले तिरेको शुल्कबाट केन्द्र चलेको छ । यो केन्द्रको मासिक शुल्क १८ हजार तोकिएको छ । केन्द्रले वार्षिक २ जनालाई ६ महिने आवासिय सेवा निःशुल्क प्रदान गरिएको सौजन बताउँछन् ।

पुनस्थापना केन्द्रमा लत छुटाउनको लागि यहाँ बसेका ५० प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या छ । केही आफूलाई पूर्ण रुपमा स्वस्थ्य भएपछि सरकारी सेवामा प्रवेश गरेका छन् केही निजी विद्यालयहरुका सञ्चालक बनेका सौजन बताउँछन् ।

“लागु औषधमा लागेकै कारण आफ्नो पहिलो सन्तान गुमाएँ, सन्तान गुमाउँदाको पीडाले मलाई अरु युवा पनि जोगाउनु पर्छ भन्ने निष्कर्षमा पु¥यायो, अनि केन्द्र खोलेँ” उनले भने “सही समयमा रिह्याबमा गएकै कारण म बँचेको हुँ, अरुलाई पनि बँच्नेको लागि यो (पुनस्र्थापना केन्द्र) आवश्यक देखेँ ।” उनीहरुको अहिले ८ र ६ वर्षका छोराछोरी छन् ।

केन्द्रकै कारण आफूले पुर्नजीवन पाएको यहाँ कार्यरत दीप सागर मिजार बनाउँछन् । “मेरो नशाको लत यही बसेर छुटाएँ, अहिले यहिँको रोजगारीले घर चलेको छ” उनी भन्छन । उनी हेटौंडाकै स्थायीवासी हुन् ।

“नियमित स्वास्थ्य जाँच, नशाको कारण हुने हानी’bout राम्रोसँग थाहा पाएपछि मनदेखि नशा छाडु भन्ने लाग्छ, तलतल लाग्दा पनि खेलखेल्ने, बगैंचामा काम गर्ने, साथीहरुसँग रमाइला कुरा गर्ने गर्दा मन भुलिन्छ” अर्को पुर्व प्रयोगकर्ताले भने ।

“यहीँ बसेर मेरो छोरो सामान्य भयो, अहिले पनि दिन विराएर ल्याउने गरेको छु, केन्द्रको सेवा राम्रो लाग्छ” केन्द्रमा भेटिएकी एक अभिभावकले भनिन् । पुनस्र्थापना केन्द्रमा बसेर लत छुटाएका ७० प्रतिशत प्रयोगकर्ताहरु फेरी फेरी दोहोरिएर सेवाका लागि आउने गरेका तान्यले बताइन् ।

सौजन मात्रै हैन अहिले तान्य पनि महिलालाई लागु औषधको तलतलबाट उठाउन लागि परेकी छिन् । सौजनलाई सहयोग गर्दै महिलाको लागि पुनस्थापना सेवा केन्द्र पनि सञ्चालन गर्दै अएकी छिन् । हाल उनी महिलाको लागि सचेतना तथा रोकथाम कार्यक्रम सुरु गरेकी छिन् ।

महिलालाई सूइ साटासाट नर्गनको लागि सचेत गराउने, लागु औषधको डोज घटाउँदै लैजनाको लागि प्रेरित गर्ने, परामर्श सेवा दिने काम गर्छिन् । यस्तो सेवाको लागि सिआन महिला पुनस्र्थापना केन्द्र स्थापनाले दिने गर्छ, जहाँ अहिले ४७ जना महिलाहरु नियमित सेवा लिइरहेका छन् । सयमै लागु औषध त्याग्ने इच्छा स्वयम् व्यक्तिमा हुनु जरुरी छ । जसले सही मार्गमा फर्कन सकिन्छ ।

हेटौंडा १० कर्राका विजय हाडायस्तै अर्को उदाहरण हुन् । जो १२ वर्ष अघि नशामा फसेकै कारण समाजको तारो बन्न पुगेका थिए । विजय भन्छन् “लागु औषध दुव्र्येसनीमा फसेका समाजले “पागल” उपनाम दिन्थ्यो, जसले गर्दा पुनस्र्थापना केन्द्रबाट सन्चो भएर फर्केकाहरुलाई समेत परिवार र समाजमा पुनस्थापित हुन सजिलो थिएन । सानोतिनो काममा पनि हामीलाई विश्वास नगर्ने, काम गर्ने अवसर नै नदिएपछि फेरी उही लतमा फर्किने संभावना अधिक हुने रहेछ ।”

उनी आफैं पनि ८ पटकसम्म पुनस्र्थापना केन्द्रमा बसेका थिए । अहिले उनी सौजन जस्तै लागु औषध दुव्र्येसनीमा फसेका युवाहरुलाई तल छुटाउन सहयोग गर्ने अभियानमा सक्रिय छन् । लागु औषध दुव्र्येसनीकै कारण मानसिक समस्या भएकाहरुलाई रेखदेख गर्छन । परामर्श गर्छन् । विद्यालय, क्याम्पस तथा समुदाय स्तरमा लागु औषध दुव्र्येसनी विरुद्धको सचेतना अभियान चलाउँछन् ।

उनी आफैं सञ्चालक रहेको हेटौंडा ९ को पिरु फाउण्डेस सुधार केन्द्र (लागु औषध तथा मादक पदार्थ उपचार केन्द्र) मा अहिले १५ जनाले सेवा लिइरहेका छन् । विजयका अनुसार किशोरावस्थामा लागु औषधको लतमा फस्नेको सङ्ख्या अहिले बढ्दो छ ।

विजय भन्छन् “आफूले बानी सुधार गरेर फक्र्यो, समाजले ट्यापे भनेर विभेद गथ्र्यो खप्न नसकेर फेरी त्यही फसें, छोराको बाउ भइसकेको थिएं, परिवारले पत्याउँदैनथ्यो, यस्तो वातावरणकै कारण लत छुटाउन समस्या हुन्छ ।”

पुनस्र्थापना केन्द्र सञ्चालकहरुको अनुभवमा ९३ प्रतिशत प्रयोगकर्ताहरु सामाजमा घुमिल हुन नसकेपछि पुनः पुनस्र्थापना केन्द्रमा फर्कने गर्दछन् । ति मध्ये केही दिवाकालिन सेवा लिन्छन, केही नशाको तलतल छुटाउन,परामर्शको लागि केन्द्रमा आउने गर्छन ।

लागु औषधको ट्राञ्जिट बन्दै मकवानपुर
प्रहरीमा भएको तथ्याङ्क अनुसार मकवानपुर जिल्ला लागु औषधको ट्राञ्जिट बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा बागमती प्रदेशको १० जिल्ला (उपत्यका बाहेक) मा मात्रै ८ हजार ५६८ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको थियो । प्रदेश प्रहरी प्रवक्त एसएसपी दुर्गा रेग्मीका अनुसार ८ हजार ५६८ किलोग्राम विभिन्न लागु औषधमध्ये ६ हजार ६८ किलोग्राम लागु औषध मकवानपुरबाट मात्रै बरामद गरिएको थियो । यो आर्थिक वर्षमा लागुऔषध केसका ३६३ वटा मुदा दर्ता भएकोमा १५३ वटा मुद्दा मकवानपुरमा दर्ता भएका थिए । यसैगरी प्रदेशको १० जिल्लाबाट ५५६ जना पक्राउ परेकामा २५० जना मकवानपुरबाट पक्राउ परेका थिए ।

चालु आर्थिक वर्षको हालसम्म प्रदेशको १० जिल्लाबाट ५ हजार २३४ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको मध्ये मकवानपुरबाट मात्रै २ हजार ७३३ किलोग्राम बरामद गरिएको छ । यसैगरी यो अवधिमा ३०८ वटा मुद्दा दर्ता हुदाँ १४१ वटा मकवानपुरबाट दर्ता भएका छन् । यही अवधिमा लागु औषध कारोवारमा संलग्न ४९० जना पक्राउ परेका छन्, जसमा मकवानपुरबाट मात्रै २३० जना पक्राउ परेका छन् ।

मकवानपुर जिल्लामा लागु औषध समन्वय समिति मकवानपुरका संयोजक समेत रहेका सौजन डिसीका अनुसार अहिले जिल्लामा ७ वटा पुनस्र्थापना केन्द्रहरु छन् । जसमा २ सय प्रयोगकर्ताहरु केन्द्रमै बसेर सेवा लिइरहेका छन् । भने यि केन्द्रहरुमा करीब ५० जना रोजगारको रुपमा सक्रिय छन् ।

जिल्ला लागु औषध समन्वय समिति मकवानपुरले केही समय अघि यहाँ झण्डै ८ हजारको संङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरु रहेको र सम्पर्कमा आएका मध्ये सुईबाट लागु औषध प्रयोग गर्नेहरुको संङ्ख्या मात्रै झण्डै ८ सय जना रहेका छन् ।

महिलाको संलग्नता पनि बढ्दो देखिन्छ गत आर्थिक वर्षमा प्रदेशको १० जिल्लाबाट ३२ जना महिला पक्राउ परेका थिए, जसमा मकवानपुरबाट १८ जना थिए । चालु आर्थिक वर्षको हालसम्म ४६ जना पक्राउ परेकोमा २७ जना महिला मकवानपुरबाट पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी