साउदीमा पनि चर्को घाममा काम लगाउन प्रतिबन्ध

काठमाडौं । साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

मन्त्रालयका अनुसार प्राइभेट सेक्टरमा काम गर्ने कामदारलाई १५ जुन देखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ देखि ३ बजेसम्म बाहिर प्रत्यक्ष घाममा काममा लगाउन नपाइने निर्णय भएको हो ।

मन्त्रिपरिषद्को निर्णयले निजी क्षेत्रका उद्यमहरूका कामदारलाई स्वस्थ, सुरक्षित कार्यवातावरण प्रदान गर्न, सूर्यको प्रकाश, गर्मीको तनावबाट हुने कुनै पनि जोखिम र हानिबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

यस निर्णयले विभिन्न पेसागत जोखिमहरूबाट सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउने प्रयास गरेकाले यस निर्णयमा उल्लेख गरिएका कुराहरू कार्यान्वयन गर्न रोजगारदाताहरूलाई कामको समय मिलाउन र यस निर्णयमा उल्लेख भएका कुराहरू कार्यान्वयन गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ ।

प्रतिबन्धको समयमा कुनै कानुन उल्लंघन भएमा ग्राहक सेवा फोन नम्बर १९९११ मार्फत सूचित गर्न सबैलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ । श्रम कानुनको धारा २३६ अन्तर्गत दिउँसो काममा प्रतिबन्ध लगाउने सम्बन्धमा नियम उल्लंघन गर्ने कम्पनी तथा प्रतिष्ठानहरूलाई प्रत्येक उल्लंघनमा कम्तीमा ३ देखि १० हजार रियालसम्म जरिमाना हुनेछ ।

दण्डमा ३० दिनभन्दा बढी अवधिका लागि प्रतिष्ठान बन्द गर्ने, स्थायी रूपमा बन्द गर्ने वा प्रतिष्ठानलाई जरिमाना र बन्द गर्ने दुवै समावेश हुनेछ । साउदीमा यी तीन महिनाको अवधिमा अत्यधिक गर्मी हुन्छ । दिउँसोको समयमा ५० डिग्री सेन्टिग्रेड तापक्रम पुग्ने हुँदा सूर्यको प्रत्यक्ष किरणमा काममा लगाउँदा श्रमिकहरूमा स्वास्थ्य समस्या देखिन्छ । यसअघि नै कतार, कुवेतलगायतका मुलुकले पनि दिउँसोको चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्धक्क भएर मतदान गर्नुस् : प्रधानमन्त्री