प्रधानमन्त्रीसँग कैट अध्यक्षको भेटघाट सफल

बारा । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग कंफेडरेशन ऑफ ऑल इंडिया ट्रेडर्स (कैट) र आल इंडिया ज्वेलर्स एंड गोल्ड स्मिथ फेडरेशन ( एआईजेजीएफ), बिहार अध्यक्ष अशोक कुमार वर्माको भेटघाट सफल भएको छ । प्रधानमन्त्री निवासमा कैट अध्यक्ष वर्मा आफ्नो दम्पती सहित कृषि मन्त्री ज्वाला साहसंगको भेटघाट सफल भएको हो ।

भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले चाडै कैट र एआईजेजीएफको सम्पूर्ण प्रतिनिधिमण्डललाई नेपालमा बोलाउने आश्वासन दिएका छन् । कार्यक्रममा दुवै देशको वार्ता टोलीको मुख्य सचिव र अन्य पदाधिकारी समेत रहने उनले बताए ।

उधोग पोलिसीमा केही बदलाव गरि उधोगहरूलाई प्रोत्साहन गर्ने बताए । उधोगीहरूलाई बैङ्कहरूले सहयोग गर्ने वतावरण सृजना गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

कार्यक्रममा कृषि क्षेत्रमा सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा भएको कृषि मन्त्री साहले बताईन । सुन्तलालाई कसरी बजारिकरण गर्न सकिन्छ त्यस ’bout समेत छलफल गरिएको उनले जानकारी गराईन ।

कृषि क्षेत्रमा प्यार र लहसुन उत्पादनमा कसरी बृद्धि गर्ने कार्यक्रममा जोड दिने कृषि मन्त्रीले बताईन । नेपालमा उत्पादित वस्तुलाई कसरी निर्यात गर्ने तर्फ सरकारको निति रहेको उनले बताईन । स्वदेशमा उत्पादन गरिएको वस्तु निर्यात गर्न सके देशको अर्थतन्त्रमा पनि सुधार ल्याउन सकिनेमा जोड दिए ।

विदेश पलायन हुने जनशक्तिलाई रोक्न स्वदेशको उधोग संचालन गर्ने तथा नया उधोगहरू बढावा दिने विषयमा छलफल गरिएको कृषि मन्त्री साहले जानकारी गराईन । बढी भन्दा बढी उधोग संचालनमा ल्याए युवालाई स्वरोजगार बनाउन सकिने ’bout समेत छलफल गरिएको थियो ।

कैट अध्यक्ष वर्माले कृषि र उधोग व्यापारलाई बढावा दिन सके विदेश पलायन हुने जनशक्तिलाई स्वदेश मै रोजगारी सृजना गरि नेपाललाई आत्मनिर्भर बनाउन सकिनेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराको भागेश्वरमा फेरी पनि काँग्रेस नै विजयी