क्रिकेटमा नेपालले इतिहास रच्ने छ

एम के माझी

इतिहास रच्नबाट २ पटक नजिक पुगेर पनि नेपाली क्रिकेट टोली असफल हुँदा यसको पीडाको अनुभव नेपाली क्रिकेटर संगै समर्थक सबैले गरिरहेका छन् ।

बलिङ्गमा उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिएको आइसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमवार नेपाली व्याट्सम्यानहरु मध्ये अधिकाँशको कमजोर प्रर्दशनले बंगलादेशसंग २१ रनले हार बेहर्नू पर्दा नेपाली क्रिकेटर संगै आम नेपालीको मन दुःखेको हो ।

यस अघि सुपर आठमा पुग्न दक्षिण अफ्रिका संग जित्नै पर्ने खेलमा नेपाल टी–२० विश्वकपमा अहिले सम्म कै स्तब्धकारी नतिजा निकाल्न बाट १ रनले मात्र चुकेको थियो । उक्त खेलमा नेपाललाई जित्न २ बलमा २ रन मात्र आवश्यक थियो । तर नेपाली ब्याट्सम्यानले आईसीसीको पुर्णकालिन सदस्य राष्ट्र विरुद्ध पहिलो पटक जितेको इतिहास बनाउन सकेन । र उत्कृष्ट बलिङ्गका बावजुद नेपाली क्रिकेट टोली वर्षाले रद्ध श्रीलंका संगको खेलबाट १ अंक जोडदै विश्वकपबाट बाहिरीएको छ ।

समुह चरणको अन्तिम खेलमा सोमवार उत्कृष्ट बलिङ्ग गर्दै बंगलादेशलाई १ सय ६ रन मै रोक्ने नेपाली टोली ब्याटिङ्ग तर्फ चम्कन नसक्दा हार संगै नेपाल २०२६ को टि–२० विश्वकपमा सोझै खेल्ने अवसर समेत गुमाएको छ । यसले नेपाली क्रिकेट टोलीका खेलाडी संगै जिम्मेवार अधिकारी, समर्थक र खेलप्रेमी सबैलाई पिडा संगै चिन्तीत बनाएको छ ।

सामान्य स्कोरमा विपक्षी टिमलाई ध्वस्त बनाउने तर सामान्य लक्ष्य भने पुरा गर्न न सक्ने नेपाली क्रिकेट टोलीको प्रमुख कमजोरी देखिएको छ । त्यसैले भविष्यमा नेपाली ब्याट्सम्यानलाई आफ्नो प्रर्दशनमा सुधार र ब्याटिङ्ग पक्षमा अझ मिहिनेत गर्नु पर्ने आवश्यक्ता देखिएको छ । अर्काे तर्फ सिमित साधन, श्रोत र सुविधाका बावजुद विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले जे जस्तो खेल प्रस्तुत गरेको छ । त्यो भने आत्मविश्वास बढाउने र गर्व गर्ने लायक छ । यसले नेपाली क्रिकेटमा आत्मविश्वास पुर्वक लगानी गर्ने वातावरण पनि बनाएको मान्न सकिन्छ । यस्तै कुनै पनि खेलको वास्तविक विकास लागी चाहिने सबै भन्दा प्रमुख र मुलभुत आवश्यक्ता भनेको भौतिक पुर्वाधार नै हो ।

यसको अभावमा खेलको समग्र विकासको कल्पनै गर्न सकिन्न । हामी भौतिक पूर्वाधारमा धेरै पछाडी रहेको कारण पनि विश्वकप क्रिकेटमा पछाडी परेको अनुभव धेरैले गरेका छन् । त्यसैले यो कमि पुरा गर्न सरकार र क्यानले क्रिकेट रंगशाला निर्माण र बृहत योजना सहित घरेलु क्रिकेटको ठोस संरचना अगाडी ल्याउन गम्भिरतका साथ लाग्नु पर्ने देखिएको छ ।

नेपाली क्रिकेटलाई चाहिएको हौसला प्रदान गर्न भावी दिनमा सवल भौतिक पुर्वाधार, नियमित व्यस्त रहने घरेलु र अन्तराष्ट्रिय प्रतियोगिता, क्यानको चूस्त संचालनको संयोजन लगायतका कार्य आवश्यक भएको छ ।

तर्सथ देशको प्रतिष्ठा राख्न सक्षम बन्दै गएको नेपाली क्रिकेटलाई दिगो उपलब्धी दिलाउन सरकारले यस खेलमा लगानी बृद्धि गर्नू आवश्यक भएको छ ।
लेखक नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष हुन ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु