बढ्यो धनगढीको बजेट, चालू आवको भन्दा २५ करोड ७४ लाख ८ हजार २ रुपैयाँ बढी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ भन्दा अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बढी ल्याएको छ ।

धनगढी उपमहानगरपालिकाको शुक्रबार बसेको ११ औँ अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि कूल दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँको राजस्व र व्ययको बजेट प्रस्तुत गरिन् ।

चालू आर्थिक वर्ष २०८०/२०८१ को भन्दा यो २५ करोड ७४ लाख ८ हजार २ रुपैयाँ बढी हो । चालू आर्थिक वर्षको लागि यो उपमहानगरपालिकाले कूल एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

नगर उपप्रमुख रानाले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा चालूतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ ९८ करोड २६ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले चालू खर्चतर्फ कूल बजेटको ५५ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको नगर उपप्रमुख रानाले बताइन् ।

विनियोजित बजेटमा खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आयतर्फ ३६ करोड ७६ लाख, राजश्व बाँडफाँडबाट ४८ करोड २९ लाख ५४ हजार, अन्तर सरकारी वित्ततर्फ संघीय सरकारले हस्तान्तरण गर्ने एक अर्ब एक करोड ८७ लाख, अन्तर सरकार प्रदेशले हस्तान्तरण गर्ने आठ करोड २८ लाख र उपमहानगरपालिकाको चालू आर्थिक वर्षको विनियोजनबाट २३ करोड २३ लाख बचत हुने अनुमान गरिएको छ ।

नगरसभाले नगर प्रमुख गोपाल हमालले पहिलो बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र नगर उपप्रमुख कन्दकला रानाले दोस्रो बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट नगर सभाले सर्वसम्मत पारित गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित