६ सय १५ किलो गाँजासहित एकजना पक्राउ

सिन्धुली । प्रहरीले शनिबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । गाँजा सहित एक जना व्यक्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ चिसापानीको थोले ब्लोनको गोठबाट प्रहरीले ६ सय १५ किलो गाँजा बरामद गरेको हो ।

गाँजा सहित कटारी नगरपालिका वडा नं. ६ उदयपुर घर भई हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी बस्ने कुमार पाख्रिनलाई पक्राउ गरेको छ । शनिबार राती इलाका प्रहरी कार्यालय कपिलाकोटमा सूचना आएपछि प्रहरी टोली गाँजा भण्डारण गरेको ठाउँमा पुगेको थियो ।

प्रहरीले गाँजा कुरेर सुतिरहेका पाख्रिनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

गाँजा जिल्लाको उत्पादन हो वा अन्य क्षेत्रबाट ल्याई भण्डारण गरिएको हो भन्ने ’boutमा भने नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार आइतबार नै सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको छ । बरामद गरिएको गाँजा अदालतको आदेश लिएर नष्ट गरिने एसपी काफ्लेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)