अफ्रिकाको फुलले जित्यो उत्कृष्ट चलचित्रको अवार्ड

काठमाडौं । उत्कृष्ट चलचित्रहरुलाई अवार्ड प्रदान गर्दै ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आईतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सब कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा सम्पन्न भएको हो । महोत्सबको समापन समारोहमा रक्षामन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले विजेताहरुलाई अवार्ड प्रदान गरे ।

१२ औं नेपाल अफ्रिका चलचित्र महोत्सब

महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए । जस मध्य नेपाली लघु चलचित्र तथा म्युजिक चलचित्रतर्फ उत्कृष्ट लघु चलचित्र निर्देशकको अवार्ड घटेरोबाट पुरुषोत्तम बस्नेतले, उत्कृष्ट पटकथाको धुकधुकीबाट तारा अधिकारीले प्राप्त गरे । लघु चलचित्र अभिनेत्रीको अवार्ड मातृत्वबाट सिर्जना अधिकारीले जितिन भने छायाँकारको अवार्ड रोटेन ब्लडबाट रविन आचार्यले प्राप्त गरे । लघु सांगीतिक चलचित्रतर्फ संगीतकारको अवार्ड शँकर थापा ‘स्माईल’ले हाँसिल गरे । यो विधाको जुरीमा गायक हिमाल श्रेष्ठ, मोडलद्धय प्रतीक्षा काफ्ले र सजिना लामिछाने थिए ।

यस्तै नेपाली कथानक चलचित्र तर्फ गोर्खा वारियरले उत्कृष्ट चलचित्रसहित तीन विधामा अवार्ड पायो । यसबाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड र रितेश चाम्सले उत्कृष्ट अभिनेताको अवार्ड हाँसिल गरे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र सरी मम्बाट सरिता लामिछानेले हाँसिल गरिन् । सरी मम्बाटै अभिनेताको जुरी अवार्ड प्रभात पाल ठकुरीले पाए । चलचित्र काँडेतारबाट संगीतकारको अवार्ड दिपक शर्माले, गायिकाको अवार्ड सत्यकला राईले प्राप्त गरे भने गायकको अवार्ड चलचित्र शिरफुलबाट आर्जन पाण्डेको पोल्टामा गयो ।

उत्कृष्ट बृत्तचित्र र निर्देशकको अवार्ड यसपालीको काँचो बायुबाट भिमा मैनाली तथा बृत्तचित्र छायाँकारको अवार्ड जर्नी टु गोक्योबाट राजन खरेलले हाँसिल गरे । आदिबासी चलचित्र तर्फ उत्कृष्ट आदिबासी अभिनेताको अवार्ड नेपाल भाषाको चलचित्र सनाखतबाट धिरने शाक्यले हाँसिल गरे । लोजिमाले उत्कृष्ट अदिबासी चलचित्रको अवार्ड, लोजिमाबाटै बिमला लिम्बुले अभिनेत्रीको अवार्ड, रुद्र पाहिमले सह अभिनेताको अवार्ड जिते । यस्तै जुरी अवार्ड चलचित्र लिम्बु चलचित्र रितले, उत्कृष्ट निर्देशकको अवार्ड रितबाटै दिनेश लिङदेनले प्राप्त गरे । यी विधाको जुरीमा अभिनेता बीरेन्द्र हमाल, पत्रकार प्रदिप कार्की, गायक ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल थिए ।

अफ्रिका तर्फ उत्कृष्ट अफ्रिकन कथानक चलचित्रको अवार्ड रामदान सुलेमान निर्देशित साउथ अफ्रिकन चलचित्र ‘फुल’ले, उत्कृष्ट अफ्रिकन बृत्तचित्रको अवार्ड तान्जानियाँबाट ‘ह्वाईट पोजन’ले र उत्कृष्ट लघु चलचित्रको अवार्ड क्यामरुनबाट ‘सर्भाईभर’ले जित्यो । जुरी अवार्ड क्यामरुनको लघु चलचित्र अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले र स्पेशल मेनसन अवार्ड जमैकाको लघु चलचित्र ‘इग्नोरेन्स इज अ लाइफस्टाईल’ले हाँसिल ग¥यो । यो विधाको निर्णायकमा नेपालबाट पत्रकार तथा बृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकाश बोर्ड सदस्य एवम् निर्देशक राजु केसी, निर्माता रौनकबिक्रम कँडेल, भारतबाट चलचित्रकर्मी राहुल बर्मा र बँगलादेशबाट चलचित्रकर्मी महम्मद शाहरियर कमल थिए ।

कार्यक्रममा अवार्ड विजेताहरुलाई शुभकामना दिँदै रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महोत्सब प्रदर्शन गरिएका चलचित्रबाट दर्शकले नेपाल र अफ्रिकाको संस्कृतिलाई राम्ररी बुझना पाएको बताए । उनले यो महोत्सबले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोडेको छ भने । महोत्सबलाई राज्यबाट सहयोग गर्न आफुले पहलगर्ने उनको कथन थियो ।

अग्रज अभिनेत्री बसुन्धरा भुसालले लामो समयदेखि आफु यो महोत्सबमा सहभागी हुँदै आएको बताईन् । अघिल्लो वर्ष लघु चलचित्र अभिनेत्रीको अवार्ड आफुले जितेको स्मरण गर्दै महोत्सब गर्न पछिल्लो समय गाह्रो हुन थालेको सुनाईन् ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै सेवासुविधामा जनताको हितमा लगाउने छु : कृष्णबहादुर थापा