नेपाली डायस्पोराको महत्व

हाल क्रिकेटको महाकुम्भ अर्थात् विश्वकप अमेरिका र वेस्टइन्डिजमा भइरहेको छ । नेपालीहरूले अमेरिकामा ४ जुनमा भएको नेपाल र नेदरल्यान्डबीचको खेलमा अपत्यारिलो रूपमा सहभागी जनाए । त्यहाँ नेपालीहरूले मात्रै रंगशाला भरिएको थियो । एक जना नेदरल्यान्डका खेलाडीले हामी नेपालमा छौं, कि अमेरिकामा विश्वास गर्नै गाह्रो भएको छ भनेका थिए ।

नेदरल्यान्ड क्रिकेट पेजले समेत नेपालीहरूलाई खेल हेर्न आइदिएको र खेलप्रतिको उनीहरूको दृढ इच्छा देखेर सलुट छ भन्दै तारिफ गरेका थिए । त्यस्तै, विश्वका क्रिकेटका प्रतिष्ठित पेजहरू र विभिन्न खेल विश्लेषकले समेत नेपाली समर्थकको तारिफ गरेको पाइन्थ्यो । त्यसपछिको खेलमा पनि नेपाली समर्थकहरूको अभूतपूर्व सहभागिता देखिन्थ्यो । अर्थात्, नेपाली डायस्पोराको शक्ति त्यहाँ देखिएको थियो ।

यस लेखमा नेपाली डायस्पोरा भनी नाम लिइरहँदा डायस्पोराको वास्तविक अर्थ, पछिल्लो समयमा यसको महत्व, मुलुकसँगको अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन खेल्ने भूमिकालगायत विषयमा केन्द्रित भएर लेख लेखिएको छ ।

डायस्पोरा शब्द ग्रीक भाषाबाट आएको हो । डायस्पोरा भन्नाले आफ्नो जन्मभूमि वा मातृभूमिबाट विश्वभरका ठाउँहरूमा छरपस्ट हुनु र तिनीहरूको संस्कृति फैलाउनु भन्ने अर्थमा बुझिन्छ । अर्थात् डायस्पोरा भन्नाले सांस्कृतिक र क्षेत्रीय मूल साझा गर्ने तर आफ्नो परम्परागत मातृभूमिबाट टाढा बस्ने मानिसहरूको ठूलो समूहलाई जनाउँछ ।

डायस्पोरा आप्रवासीका रूपमा, कतैबाट दबाबपूर्ण रूपले बिस्थापित भएर वा शरणार्थीका रूपमा अर्काको मुलुकमा जाने र बस्ने गर्छन् । संयुक्त राष्ट्रसंघको वल्र्ड माइग्रेसन रिपोर्ट, २०२२ अनुसार भारतका १ करोड ८० लाख जना बाहिरी मुलुकमा स्थायी रूपले बस्ने गरेका छन् ।

त्यसैगरी, मुलुक छोडेर स्थायी रूपमा बस्नेमा दोस्रोमा म्याक्सिको, तेस्रोमा रुस, चौथोमा चीन र पाँचौंमा सिरिया गर्दै क्रमशः बंगलादेश, पाकिस्तान, युक्रेन, फिलिपिन्स, अफगानिस्तान, भेनेजुयला, पोल्यान्ड, यूके, इन्डोनेसियाजस्ता मुलुकहरू छन् ।

४५ लाखभन्दा बढी नेपाली मुलुकबाहिर रहेको भनिन्छ । १० मंसिर २०६७ बाट राहदानी जारी भएयताका १३ वर्षमा १ करोडबढी राहदानी जारी भएको छ ।

डायस्पोराको महत्व हाल बढ्दै गएको छ । डायस्पोराका आधारमा राष्ट्र–राष्ट्रबीचको सम्बन्ध, परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भ्रातृत्व र संवेदनशीलताजस्ता विषयले महत्व राख्छ ।
(रितेश पन्थीको ‘डायस्पोराको महत्व बुझौं’बाट)

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित