अटिजम’bout जनचेतना फैलाउन चलचित्र प्रदर्शन

काठमाडौं । बालबालिकामा हुने अटिजम (अन्तर्मुखी स्वभाव) सम्बन्धी सचेतना, स्वीकार तथा एलजिबिटिक्यूएको ’boutमा जनचेतना लगाउने उद्देश्य लिएर नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण गरिएको छ । यो सामाजिक चलचित्रको प्रदर्शनी अब गाउँ गाउँ पुगेर तथा गाउँ शहरका स्कुल लगायत विभिन्न सामाजिक स्थानमा प्रदर्शनी गरिने भएको छ । यसको सामाजिक प्रदर्शनी २५ असारदेखि पोखराबाट सुरु गर्न लागिएको निर्देशक अनिता पण्डितले बताएकी छिन् ।

सेन्सर बोर्डले पिजी प्रमाणपत्र प्रदान गरेको यस चलचित्रमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा रहेको पनि अनिताले जानकारी गराईन, ‘एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको छ । अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने विश्वास लिएकी छु ।’

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ । आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी