बेलायतमा धुमधामका साथ मनाइयो ‘साकेला उँभौली धिरिनाम’

काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको महान चाड ‘साकेला उँभौली धिरिनाम’ किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी धुमधामका साथ मनाएको छ ।

आइतबार भएको सो कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले कार्यक्रमको अध्यक्षता गरेका थिए भने किराया बेलायतका अध्यक्ष रि. मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । पुमा, बान्तवालगायतका विभिन्न भाषिक व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन महासचिव राजेन रामजङ राईले गरेका थिए ।

वर्षेनी पितृ, प्रकृति र हुईलुङ पूजा गर्दै विभिन्न प्रकारको सिल्ली टिप्दै बडो गर्वको साथ साकेला नाचिने उक्त कार्यक्रममा सम्पूर्ण बैतुङ दाजुभाइ, दिदी बहिनी, छोरीचेली, ज्वाईं चेलाहरुलगायत सबै पाछाको पाछागत उपस्थिति रहेको थियो ।

प्राचीन सिलीहरूको जगेर्ना गर्दै जानका लागि मछामा (साय) सिली, पारूहॉङ (खुट्टे) सिली, नाइमा (हाते) सिली, खासिमा –झिंगा) सिली , वापा–वामा (भाले–पोथी) सिली, तावा (मयुर) सिली, कावा (गंगटा) सिली, काछुपा (बॉदर) सिली, बेसारा सिली, सिकी–सिप (तान बुन्ने) सिली, चासुम (अन्नपात) सिलीहरूमा धित मरुन्जेल नाचेर व्यवहारिकरुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको कुरा किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण