रुपाकोट मझुवागढीका २१ माविलाई पत्राचार

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एसइईमा विद्यार्थीले प्राप्त गरेको जिपिएसहित सिकाई उपलव्धी वृद्धि गर्ने राय पेश गर्न माविलाई पत्राचार गरेको छ ।

२०८० को एसइईको नजिता प्रकाशन भएको केही समयपछि नगरपालिकाले विद्यार्थी संख्या, उक्त विद्यार्थीले प्राप्त गरेको जिपिएको साथमा आफ्नो विद्यालयको सिकाई उपलव्धी स्तर वृद्धि गर्ने राय पेश गर्न सबै माबिलाई निर्देशन दिएको हो ।

आगामी असार २१ गतेभित्रमा विद्यार्थी संख्या, विद्यार्थीले प्राप्त गरेको जिपिए तथा सिकाई उपलव्धी स्तर वृद्धि गर्ने राय पेश गर्न पत्राचार गरिएको मेयर तीर्थराज भट्टराईले बताए । १५ वडा रहेको नगरपालिकामा २१ वटा सामुदायीक र ३ वटा संस्थागत विद्यालय छन् ।

त्यसमध्ये अन्नपूर्ण माबि दोर्पाचिउरीडाँडाले निल खाएको छ । दिक्तेलको पञ्च माबिका विद्यार्थीले जिल्लाका सामुदायीक विद्यालयमध्ये उत्कृष्ट अंक ल्याएर एसइई उत्तिर्ण गरेको शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयले जनाएको छ । जिल्लामा सामुदायीक ९६ वटा र संस्थागत ६ वटा मावि छन् । एसइईमा कुल माविमध्ये नौ माविले निल खाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

लुडोको पनि अब राष्ट्रिय प्रतियोगिता