अभिनेत्री कंगनालाई हातपात गर्ने प्रहरी अझै निलम्बित

मुम्बई । बलिउड अभिनेत्री तथा बीजेपी सांसद कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा थप्पड हान्ने सीआईएसएफ महिला सैनिक कुलविन्दरलाई निरम्बनमा राखिएको छ । उनलाई अझै पनि बहाल गरिएको छैन । उनलाई चण्डीगढ एयरपोर्टबाट बैंगलोर सारिएको छ । उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।

यो घटना गत ७ जुनको हो । हिमाचल प्रदेशको मण्डी जिल्लाकी सांसद कंगना रनौत दिल्ली जाँदै थिए । यसै क्रममा चण्डीगढ एयरपोर्टमा जहाजमा जाने क्रममा एक महिला सैनिक कुलविन्दर कौरले उनमाथि एक्कासी थप्पड हानेकी थिइन् । किसान आन्दोलनका क्रममा कंगना रनौतले किसानको हित विपरित बोलेको भन्दै एक्कासी आक्रोस पोखेर ती महिला प्रहरीले हातपात गरेकी थिईन् । प्रहरीले यो प्रकरण लुकाउन खोजे पनि घटनाका केही भिडियो बाहिर आएका छन् । तर थप्पड हानेको भिडियो भने बाहिर आएको छैन ।

घटनापछि सीआईएसएफका वरिष्ठ अधिकारी पनि घटनास्थल पुगेर अनुसन्धान गरेका थिए । महिला सैनिकलाई पछि ड्यूटीबाट हटाइयो। आरोपी महिला सैनिक पञ्जाबको कपुरथलाकी बासिन्दा हुन् र उनका पति पनि सीआईएसएफमा काम गर्छन्। पञ्जाबका किसानहरूले कुलविन्दर कौरलाई सम्पूर्ण मामिलामा समर्थन गरेका थिए।

स्रोतका अनुसार कंगना रनौतले थप्पड हानेको घटनापछि सीआईएसएफ महिला सिपाही कुलविन्दर कौरलाई बेंगलुरु सारिएको थियो । स्रोतका अनुसार यो सम्पूर्ण मामिलामा छानबिन गर्न एसआईटी गठन गरिएको थियो, जसले आफ्नो अनुसन्धान प्रतिवेदन उच्च अधिकारीलाई बुझाएको छ । तर, यस विषयमा कुनै पनि अधिकारी केही बोल्न तयार छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान