Sunday, May 9, 2021
Home Breaking News आइसिसी विश्वकप लिग : ओमानद्वारा नेपाल आठ विकेटले पराजित

आइसिसी विश्वकप लिग : ओमानद्वारा नेपाल आठ विकेटले पराजित

,

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको हो । यसअघि ओमानले नेपाललाई पहिलो खेलमा १८ रनले पराजित गरेको थियो । ओमानका अगाडि नेपाली बलर निरही बनेपछि ओमान सहजै विजयी भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ओमानसामु जितका लागि २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । दुई सय ५० रनको विजय लक्ष्य ओमानले ४७ दशमलव दुई ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि अकिब इलियासले शतकीय पारी खेल्नुभयो । उहाँले १०८ बल खेल्दै एक छक्का र १२ औकाको मद्दतमा अविजित १०९ रन बनाउनुभयो । पच्चीस दशमलव पाँच ओभरमा आरिफ शेखले अकिबको क्याच छोड्नु नै नेपालका लागि घातक सावित भयो ।

यस्तै जेशन मक्सुदले अविजित ६८ रनको योगदान दिनुभयो । दुबै जनाले १६७ रनको साझेदारी गर्नुभयो । यसैगरी खवर अलीले ४१ तथा जितिन्दर सिंहले २३ रन बनाउनुभयो । बलिङतर्फ नेपालका कुशल मल्ल र सुशन भारीले एक एक विकेट लिनुभयो । यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ४८ रनको साझेदारी गर्नुभयो । अमेरिकासितको खेलमा तीन रनमै पभेलियन फर्किनुभएका सुवासले २२ रन बनाउनुभयो । यस क्रममा उहाँले एक चौका हान्नुभयो ।

ज्ञानेन्द्रले अर्धशतकीय पारी खेल्नुभयो । अमेरिकासितको खेलमा २१ रन मात्र बनाउनुभएका ज्ञानेन्द्रले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँले ५६ रन बनाउनुभयो । मल्लले ७६ बल खेल्दै एक छक्का तथा छ चौकासमेत प्रहार गर्नुभयो । पारस खड्काले ३४ बलमा ३८ रन बनाउनुभयो । यसमा उहाँको एक छक्का र छ चौका सामेल थियो । यस्तै विनोद भण्डारीले पाँच चौकाको मद्दतमा ३५ रन बनाउनुभयो । उहाँ रन लिने क्रममा आउट हुनुभयो । शनिबार अमेरिकासितको खेलमा विश्व कीर्तिमान बनाउनुभएका कुशल मल्लले दुई छक्का र दुई चौका प्रहार गर्दै २८ रनको योगदान दिनुभयो । आरिफ शेखले २८ रन तथा करन केसीले १० रन बनाउनुभयो । सन्दिप लामिछानेले अविजित १० तथा आजको खेलमा डेब्यु गर्नुभएका कमलसिंह ऐरीले अविजित नौ रन बनाउनुभयो ।

बलिङतर्फ ओमानका अकिब इलियासले चार तथा मोहमद नदिमले तीन विकेट लिनुभयो । सतकीय पारीका साथै चार विकेटसमेत लिनुभएका ओमानका अकिब प्लेयर अफ दी म्याच घोषित हुनुभयो । ओमान जितसँगै लिगको शीर्ष स्थानमा उक्लेको छ । हालसम्म खेलेको नौ खेलमध्ये सातमा जित तथा दुईमा हारका साथ ओमानले १४ अङ्क बटुलेको छ । अमेरिका १२ अङ्कसहित लिगको दोस्रो स्थानमा झरेको छ । नेपालले भने हालसम्म खेलेको तीन खेलमा दुईमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ ।

नेपाल लिगको छैटौँ स्थानमा छ । अब नेपालले अन्तिम खेल बुधबार अमेरिकासित खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालसहित, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।

(Visited 100 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

साताका लोकप्रिय समाचार

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडाैं । गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र...

ग्लोबल आईएमई बैंकले बालअस्पतालको भवन निर्माणार्थ १ करोड दियो

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत...

गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

 काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी...

कोरोना संक्रमणबाट बच्ने उपाय यस्ता छन्

काठमाडौं । कोरोना भाइरस जस्ता संक्रमणबाट बच्न जीवनशैली प्राकृतिक बनाउनुपर्ने विज्ञको जोड छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजद्वारा सोमबार...

ट्रेन्डिङ

नाटोजले बाँड्यो पत्रकारलाई एन ९५ मास्क र स्वास्थ्य सामग्री

काठमाडौ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पत्रकारहरुलाई एन ९५ मास्क लगायत विभिन्न स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको...

कोरोना संक्रमणबाट आज थप ५ जनाले ज्यान गुमाए

काठमाडौं । कोरोना संक्रमणले बुधबार थप ५ जनाको निधन भएको छ । बुटवल र जनकपुरका २–२ जना र मोरङका १ जनाको बुधबार निधन भएको...

कोरोनाबाट नागरिकलाई बचाउन जनकपुरमा महामृत्युन्जय जाप

जनकपुरधाम । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गइरहेको कोरोना भाइरसबाट सबै नागरिकलाई बचाउन जनकपुरधाममा ५ दिने महामृत्युन्जय जाप शुरु गरिएको छ । जनकपुरधामस्थित राम मन्दिरको...

कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ पुरुष तथा ५ जना महिला रहेका...

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

कोरोना जोखिम : जनस्वास्थ्यका मापदण्ड उल्लंघन बढ्दो

काठमाडौं । जनस्वास्थ्य मापदण्ड उल्लंघन हुँदा कोरोना भाइरस जोखिम थप बढ्ने भन्दै चिकित्सकले सतर्क रहन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९...

जलविद्युत्को वर्तमान अवस्था, चुनौती र समाधान

नेपाल ऊर्जा विकासमा धेरै पछि परेकाले देशको विकास हुन सकेको छैन । देशको विकासका लागि ऊर्जा अनिवार्य हुन्छ । यो आधारभूत आवश्यकता वा विकासका...

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको...

कोरोनाविरुद्ध नेयमारको सहयोग

रियो दि जेनेरियो । ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड नेयमारले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग...

मृत भनिएका बिरामी निको भएर फिर्ता

भरतपुर । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)