अभियन्ता बन्दै किशोर–किशोरी

मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका–४ मसिने निवासी १७ वर्षीय किशोरी सोही वडाको पशुपतिनाथ माविको कक्षा १० मा पढ्थिन् । शैक्षिक सत्र २०७९–०८० मा कक्षा १० मा भर्ना भएकी उनी तीन महिना मात्रै विद्यालय गइन् । वैशाखबाट विद्यालय सुरु भयो । असारको दोस्रो साताबाट विद्यालयमा बर्षे बिदा भयो । यही बिदाको समयमा उनले विवाह गरिन् । सोही विद्यालयको सोही कक्षामा अध्ययनरत २० वर्ष लाग्दै गरेकी अर्की किशोरीले पनि लगत्तै विवाह गरिन् । कक्षा ९ मा अध्ययनरत अर्की छात्राले पनि विवाह गरिन् । उनीहरू तीनै जनाले विवाहपछि विद्यालय छाडे ।

बालविवाह रोक्नदेखि पालिकालाई खबरदारीसम्म

नेपालको कानुनले २० वर्षमुनिको ‘विवाह’लाई विवाह मान्दैन । यस हिसाबले उनीहरूको विवाह गैरकानुनी हो । तर, उनीहरूको वैवाहिक सम्बन्धलाई कसैले छुटाउन कोसिस गरेनन् । ‘सुरुमा असहमति भएको भए पनि पछि दुवै परिवार मान्नुभयो,’ १९ वर्षीया किशोरीले भनिन्, ‘उमेर पुगेपछि कागज बनाउने कुरो छ ।’

विद्यालयमा पढाइ अघि बढिरह्यो, उनीहरूको सिकाइ छुटिरह्यो । सहपाठीहरूले विद्यालय आउन आग्रह गरे । तर, तीनै जना विद्यालय फर्केनन् । गैरकानुनी विवाह गरेका उनीहरूलाई कक्षा ९ र १० कै छात्रछात्राले नियमित रूपमा कक्षाको गृहकार्य र आफूहरूले कक्षामा सिकेको नयाँ कुरा फेसबुक र म्यासेन्जरबाट पठाइरहे । ‘विद्यालय आउन आग्रह गर्दा नाइँ भने तर, कक्षामा सिकेका कुरा सुनाउँदा, पाठहरूको फोटो खिचेर पठाउँदा भने उनीहरू खुसी हुन्थे,’ सहकर्मी रमा प्रजाले भनिन्, ‘हामीले सिकेको सहयोग गरिरह्यौं ।’

कक्षा १० मा पढ्दै गरेका उनीहरू दुवै जना एसईई परीक्षामा भने सहभागी भए । नियमित विद्यालय नआएकै कारण सिकाइ प्रभावकारी बन्न सकेन । जसका कारण दुवै जना उच्च शिक्षाका लागि योग्य भएनन्, अर्थात एसईईको नतिजामा दुवैको एनजी (नन्ग्रेड) आयो । ‘हामीले त सकेको सहयोग गरेकै हौं,’ समकक्षी रोशन प्रजाले भने, ‘कक्षा छाडेको भए पनि जाँच दिनका लागि हामीले कर गरिरह्यौं, परिवारबाट पनि दबाब आयो होला, तर पास हुन सकेनन् ।’ रोशनले परीक्षामा असफल हुनु नै सबै अवरोध नभएको भन्दै फेरि सहभागी भएमा सफलतामा पुग्न सकिने बताए ।

कक्षा ९ की किशोरी पनि वार्षिक परीक्षामा सहभागी भइन् र पास पनि भइन् । उनी अहिले कक्षा १० मा नियमित उपस्थित भइरहेको प्रधानाध्यापक भानुभक्त आचार्य बताउँछन् । रमा र रोशन मात्रै होइन, मनहरी–४ ठाडोखोलामा उनीहरू (किशोर–किशोरीहरू)को एउटा समूह छ, जसले समाजका अरू किशोर–किशोरीलाई सही मार्गमा डो¥याउनका लागि नियमित पहल गरिरहेको छ । बालविवाह, लैंगिक हिंसाविरुद्ध वक्तृत्वकला, हाजिरी जवाफ, सडक नाटक प्रदर्शन गर्दै उनीहरूको समूहले सामाजिक जागरणको कार्य गरिरहेको छ । ‘पढाइको महत्व बुझाउँदै पढाइलाई निरन्तर गर्न हौसला दिन्छौं,’ रमा भन्छिन्, ‘विवाह गरेर गएका साथीहरूलाई परीक्षामा सहभागी गराउन सक्यौं, यो पनि उपलब्धि मानेका छौं ।’

शिक्षाबाट वञ्चितलाई सीपका ’boutमा बुझाउन पनि लागिपर्ने गरेको रोशन बताउँछन् । ‘पहिलो कुरा त शिक्षा नै हो,’ रोशनले भने, ‘शिक्षाबाट वञ्चित हुनेले सीप सिक्नुपर्छ भनेर आफूहरूले बुझेको जीवनको महत्व बुझाउने गरेका छौं ।’

उनीहरूको समूहमा २१ जना किशोर–किशोरी छन् । सफल किशोर–किशोरी समूह नाम दिइएको यस समूहको नेतृत्व गरेकी छन् रमा प्रजाले । रोशन त्यस समहका सचिव हुन् । हाल कक्षा १० मा अध्ययनरत सुन्दर प्रजा र सविना खतिवडा समूहमा क्रमशः उपाध्यक्ष र कोषाध्यक्ष छन् । आफ्नो पढाइसँगै सामाजिक काममा लाग्दा सिकाइ पनि हुने सविना खतिवडाले आफ्नो अनुभव सुनाइन् ।

‘विद्यालयको ड्रप आउट रोक्न चुनौती नै छ,’ पशुपतिनाथ माविका प्रधानाध्यापक आचार्य भन्छन्, ‘बिहे गरेर वा गलंैचा सिक्न जानेहरूलाई विद्यालय फर्काउन झन् समस्या छ ।’ छात्राको तुलामा छात्रहरूलाई टिकाउन झनै समस्या भएको आचार्यले बताए । ‘नानीहरू बिहे गरेर जान्छन्, बाबुहरू कोही बिहे गरेर पढाइ छाड्छन्, कोही कामका लागि जिल्लाबाहिर जाँदा पढाइ छुट्छ,’ प्रअ आचार्यले भने ।

‘आफ्नो समूह र समाजको कुनै कुरामा अघि बढ्नुप¥यो भने पहिले छलफल बोलाउँछौं, हामीले मात्रै कुन समस्यामा कसरी अघि बढ्ने भन्ने टुंगो (निर्णय)मा पुग्न गाह्रो हँुदा सहयोग लिन्छौं,’ सुन्दर भन्छन् । उनीहरूको समूहलाई अघि बढ्न सघाउँछिन् मकवानपुर महिला समूहकी सामाजिक सहजकर्ता विष्णुमाया तितुङले । १० महिनाअघि मकवानपुर महिला समूहकै पहलमा यो समूह गठन गरिएको थियो । मनहरी गाउँपालिकाको वडा नं. ३ र ४ मा गरी यस्ता चारवटा समूह छन् । जसले किशोर–किशोरीहरूलाई पढाइ, सीप, नेतृत्व विकास, पारिवारिक भूमिकामा सहजीकरणदेखि वडा तथा पालिकामा आवश्यक खबरदारी, जलवायु परिवर्तन अनुकूलनसम्मको सवालमा आफ्नो भूमिका देखाउँदै आएका छन् ।

गाउँमा सानो उमेरमा विवाह गर्ने, गलैंचा बुन्न जाने, कक्षा छोड्ने जस्ता समस्या अधिक छन् । ‘किशोर–किशोरीहरूलाई सही मार्गमा ल्याउन साथी शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ,’ मकवानपुर महिला समूह कार्यक्रम संयोजक निशा लामाले भनिन्, ‘यही भूमिकामा उहाँहरू (किशोर–किशोरी)लाई अघि बढाउन खोजिएको हो ।’ समूहका किशोर–किशोरीहरूले आफ्नो वडामा गएर लक्षित समूहको हितमा कार्यक्रम राख्नका लागि अनुरोधसमेत दिने गरेको मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदी बताउँछिन् । वडाले बजेट निर्माण गर्दैगर्दा आफूहरूको समस्या सुनेपछि वडाले खेल सामग्रीको व्यवस्थापन गर्ने आश्वासन पाएको उनले बताइन् । समूहले एक्सनएडको सहयोगमा यो परियोजना सञ्चालन गर्दै आएको छ ।

टोलका वृद्धा तथा अशक्तहरूका लागि पनि यो समूहले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य शिविरहरूमा सहजीकरण गर्ने गरेका छन् । ‘जनप्रतिनिधिलाई खबरदारीसँगै सघाउँछौं, उहाँहरूले घरघरमा दिनुपर्ने सूचना सन्देशहरू हामीले पु¥याइदिन्छांै, उहाँहरूसँग सहकार्य पनि गर्छौं, उहाँहरूको काममा निगरानी र खबरदारी पनि गर्छौं,’ सविनाले भनिन्, ‘अधिकार मात्रै खोजेर हुँदैन, हाम्रो कर्तव्य पनि पूरा गर्नुपर्छ ।’

जलवायु परिवर्तनको समस्या बढिरहेको सन्दर्भमा उनीहरूले आफ्ना अभिभावकलाई बालीमा विषादीको प्रयोग’bout सचेत गराउँछन् । चाँडो विवाह गर्दा बच्चा भएपछि आफ्नो ख्याल गर्ने कि बच्चाको ? शारीरिक, मानसिक असर पर्छ, केटाहरूको जिम्मेवारी बढ्छ । सीप सिकेको हुँदैन, पढाइ पूरा भएको हुँदैन, काम रोजगारी पाइँदैन ।

बस्तीनजिकै श्रीजना प्राथमिक विद्यालय छ । प्राथमिक शिक्षा पास गरेपछि धेरैजसो किशोरहरू मावि तह पढ्नुभन्दा गलंैचालगायतमा काम गर्न काठमाडौं, चितवन जान्छन् । किशोरीहरू विद्यालय पढ्दै गर्दा विवाह गर्ने, मावि शिक्षामा पढाइ अघि नबढाउने गर्छन् । सुजिता प्रजा यस्तैमध्येकी हुन् । जो श्रीजना प्राविपछि पढाइ छाडेर अहिले गाउँमै छिन् । १६ वर्षीया सुजिता पनि सफल समूहकी सदस्य हुन् ।

‘पढाइ छोडिहालें, समूहमा बसेपछि धेरै बुझें, बालविवाह त गर्दिनँ, बरु अब केही सिक्छु वडामा पनि भनेको छु,’ सुजिताले भनिन्, ‘पढाइ नभएपछि सीपबिना बाँच्न गाह्रो छ ।’ अहिले उनको समय घरायसी काम मेलापर्म गरेर बित्छ । ‘पछि हिंसामा परिएला, दुःख पाइएला भन्ने चिन्ता त छ नि,’ उनले भनिन्, ‘नागरिकता बनाएपछि पालिकाबाट विभिन्न सीपको अवसर आइरहेको हुन्छ, कुनै सीप सिक्छु भन्ने सोच छ ।’

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बालबालिकाका लागि कार्यक्रम नियमित रहेको बताए । ‘हाम्रो पालिका बालमैत्री घोषणा भइसकेको पालिका हो, यसको दिगो र निरन्तरताका कार्यक्रम जारी छन्,’ अध्यक्ष कालाखेतीले भने, ‘बालमैत्री कार्यक्रमहरू नियमित नै छन् ।’ बालविवाह रोक्ने क्रममा आफू मधेस प्रदेशसम्म पुगेको स्मरण सुनाउँदै कालाखेतीले भने, ‘विवाह गरेर फरक प्रदेशमा पुगेकी किशोरीलाई समेत हामीले फिर्ता ल्याएर, विद्यालयमा निरन्तरता दिएका छौं, बालश्रमिकविरुद्धको निगरानी र अनुगमन नियमित छन् ।’

यसैगरी, बालबालिकाका लागि स्वास्थ्य उपचार, बालमैत्री संरचना, किशोर–किशोरीलाई सीप तथा नेतृत्वको कार्यक्रम पनि नियमति रहेको उनले बताए ।

बालअधिकारसम्बन्धी महासन्धि, १९८९ ले बालबालिकाको उच्चतम स्तरको स्वास्थ्य कायम गर्ने र बिरामीका लागि उपचार गर्न पाउने सुविधा र स्वास्थ्यको पुनर्लाभ लिन पाउने अधिकारलाई मान्यता दिएको छ । शिशु तथा बाल मृत्युदर घटाउने, प्राथमिक स्वास्थ्य स्याहारको विकासमा जोड दिने, औषधोपचार सहयोग र स्वास्थ्य स्याहारको व्यवस्था निश्चित गर्ने, वातावरणीय प्रदूषणबाट हुने खतरा र जोखिमहरूलाई मध्यनजर राख्दै प्राथमिक स्वास्थ्य स्याहारको ढाँचाभित्र रही सहज रूपमा उपलब्ध प्रविधिको प्रयोगद्वारा तथा पर्याप्त पोषणयुक्त खाद्यान्न र शुद्ध पिउनेपानीको व्यवस्थाद्वारा रोग र कुपोषणविरुद्ध लड्ने नीति लिएको छ । यी पक्षलाई ध्यान दिनु स्थानीय सरकारको पनि दायित्व हो । यस’bout आफूहरू सचेत रहेको अध्यक्ष कालाखेतीले बताए ।

जलवायु परिवर्तनसम्बन्धी नेपालको प्रयास र प्रतिबद्धता
नेपाल सरकारले जलवायु परिवर्तनको सवालमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । तर, स्थानीय तहसम्म यसको उपलब्धिपूर्ण काम भएको देखिँदैन । जलवायु परिवर्तनका सन्दर्भमा पेरिस सम्झौताले निर्धारण गरेका लक्ष्य पूरा गर्ने प्रतिबद्धतानुसार नेपालले दीर्घकालीन रणनीतिनुसार सन् २०४५ सम्ममा दिगो रूपमा उत्सर्जन घटाउने र खुद शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । साथै, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपालले विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सम्झौता र सहकार्य गर्दै आएको छ । त्यसका लागि नेपालले आवश्यक पर्ने नीतिगत व्यवस्था, ती व्यवस्था समयानुकूल सुधार तथा राष्ट्रिय योजना र कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिमा हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल त्यसको पक्ष राष्ट्र भएको छ । महासन्धिको पक्ष राष्ट्र भएपछि नेपालले जलवायु परिवर्तनका क्षेत्रमा केही पहलहरू गरिरहेको छ । र, सरकारले राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ कार्यान्वयनमा ल्याएको छ ।

जलवायु परिवर्तन र बालबालिका
जलवायु प्रदूषण तथा परिवर्तनको प्रभावले श्वासप्रश्वाससम्बन्धी रोगहरू, छालासम्बन्धी रोगहरू र गर्भावस्थामा हुने जटिलताहरूसमेत बढ्ने गर्छ । बालबालिकाको समग्र कल्याण र वृद्धिमा पर्ने असरलाई ध्यानमा राख्दै वायु प्रदूषणलाई स्वास्थ्यमा पर्ने असरभन्दा बाहिर हेर्नुपर्ने आवश्यकतालाई जोड दिनुपर्ने बहस सुरु भएको छ । परामर्शका क्रममा, बालबालिकाहरूले विद्यालय बन्द हुने, सिकाइमा कमी आउने र आफ्नो परिवारको जीविकोपार्जनमा प्रतिबन्धित गतिशीलताका ’boutमा शंका प्रकट गर्ने गरेका छन् ।

दम, मुटुरोग, क्यान्सर, आँखाका रोगहरूको तीव्र वृद्धि हुनथालेको छ । जलवायु परिवर्तनका कारण बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ । सन् २०१९ मा करेन्ट साइकेट्री रिपोर्टमा प्रकाशित प्रतिवेदनले बालबालिका र किशोर–किशोरीहरूमा देखिएका विभिन्न मनोवैज्ञानिक समस्यालाई उजागर गरेको थियो । प्रतिवेदनका अनुसार बालबालिका र किशोर–किशोरीहरूमा बढ्दै गएका डिप्रेसन, एन्जाइटी, स्लिपिङ डिसर्डर, रिस आदि मानसिक समस्या पनि निम्त्याएकोे छ ।

यस्ताखाले तीव्र परिवर्तनलाई चाहे वयस्क होस् या बाल या किशोर मस्तिष्कले सजिलै ग्रहण गर्न सक्दैन । हाम्रो जस्तो मुलुकमा पनि पानीको समस्या, भूक्षय, मरुभुमीकरण, डढेलो, बाँदरलगायत जंगली जनावरको अत्यधिक प्रभावजस्ता समस्याले आफ्नो स्थान छोड्न बाध्य हुनथालेका छन् ।

जलवायु परिवर्तनले कुनै पनि शारीरिक प्रभावबिना पनि मानसिक या मनोवैज्ञानिक प्रभाव पार्ने कुरा झन गम्भीर छ । अहिलेको अवस्थामा बालबालिका तथा किशोर–किशोरीहरू जति शिक्षित हुँदै जान्छन् या बिग्रँदो वातावरणीय अवस्था’bout जानकार हुँदै जान्छन्, उनीहरू उति निराश र हतास देखिने अवस्था आउँछ । अभिभावकहरूमा पनि वातावरणप्रति उदासीनता बढेको देखिन्छ । राजनीतिक कारणले होस् या धार्मिक कारणले, जलवायु परिवर्तन र बिग्रँदो पृथ्वीको वातावरणको डरलाग्दो रूप तीव्र स्तरमा बढिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयर गोपाल हमाल कार्यालय समयमा भेटघाट नगर्ने, बिहान सर्वसाधरणसंग भेटघाटका गर्ने