पर्यावरण संरक्षणको लागि नाटकबाट प्रयास

काठमाडौं । शनिबार दिउँसो एकनासले झरी परिरहेको थियो । तर काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा छाता र वर्षाती ओढेर भए पनि दर्शकहरु उपस्थित थिए । त्यहाँ १७ असारबाट नियमित प्रदर्शन भईरहेको नाटक पूर्वबिराम हेर्न दर्शकहरु पानीको वस्ता नै नगरी आएका थिए ।

शनिबार मात्र यो नाटक दुई शो मञ्चन भयो नाटकलाई २९ असारसम्म सर्वनाममा मञ्चन गरिने भएको छ । नाटकमा बढ्दो शहरीकरण र वातावरण विनासले भविष्यमा मानव सभ्यतामै पूर्णविराम लाग्ने भन्ने’bout चिन्ता व्यक्त गरिएको छ ।

नाटक’bout यसका लेखक सुरज पराजुलीले भने, ‘कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । ’ उनले थपे,‘वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन ।’ यस्ता विविध समस्याले वातावरणमा निम्तिएको प्रदूषणको पीडा यो नाटकमा समेटेको उनले बताए ।

नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन्,‘मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ ।’ जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेको र भावि पिढीलाई जिउन समेत मुस्किल हुने उनले बताए । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्ने उनको कथन छ । सो कुराको आफुले यो नाटकबाट चिन्ता व्यक्त गरेको पनि उनले बताए ।

नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्त बहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)