फिल्म फ्लप हुँदा रोइन् सारा अली खान

मुम्बई । अभिनेत्री सारा अली खान आफ्नो पछिल्लो फिल्म ‘लभ आजकल २’ असफल भएपछि तनावमा छिन् । यो फिल्म निकै चल्ने आशा उनलाई थियो । तर, फिल्म हलमा चलेन । जसका कारण उनले तनाव भाग्नुप¥यो ।

आफ्नो पहिलो र दोस्रो फिल्म हिट भएपछि निकै खुसी रहेकी यी अभिनेत्री तेस्रो फिल्म हिट नहुँदा आफ्नो बुबा एवं अभिनेता सैफ अली खानसँग रोइन् । फिल्म फ्लप हुँदा छोरी रोएपछि आफ्नो जीवनमा धेरै फिल्म असफल भएको उदाहरण उनले छोरीलाई दिए ।

फिल्म लभ आजकाल दुई गत फागुनमा रिलिज भएको थियो । यो फिल्ममा सारा र कार्तिक आर्यनको मुख्य भूमिका थियो । यो फिल्म खेल्ने क्रममा सारा र कात्तिकको प्रेम सम्बन्धको चर्चा चलेको थियो । यो फिल्मबाट निकै नजिक भएका सारा र कात्तिकको प्रेम सम्बन्धलाई यी दुईले भने अस्वीकार गरेका छन् ।

अभिनेत्री सारा अली खानले ‘केदारनाथ’बाट डेब्यु गरेकी थिईन् । यो फिल्ममा उनले सुशान्त सिंह राजपूतको नायिका भएर काम गरेकी थिइन् । केदारनाथ हिट भएपछि उनले दोस्रो फिल्म सिम्बा गरिन् । यो फिल्ममा उनी अभिनेता रणवीर सिंहकी नायिकाका रूपमा थिइन् । यो फिल्म पनि बक्स अफिसमा सुपर हिट भएको थियो । यसरी दुईटा फिल्म लगातार हिट दिएकी सारालाई तेस्रो फिल्म लभ आजकाल २ पनि हिट हुने विश्वास थियो । तर, यसलाई दर्शकले मन पराएनन् ।

तपाइको प्रतिक्रिया
(Visited 577 times, 1 visits today)

epaper

ताजा समाचार

नाइमा एक्स्पो २०२६ मा ५१ स्टल र ४० भन्दा बढी नयाँ सवारी लन्च हुने