सुन्दरहरैचाको एउटा सिंगो गाउँ आतंकित

बिराटनगर । गत असर १ गतेका दिन मोरङको सुन्दरहरैचा ५ फोक्लेणड टापुको बुढीखोला किनरमा तटबन्ध तार जाली लगाउने कार्य भैरहेको थियो। त्रिवेणी तटबन्ध निर्माण समितिका सचिव भोजराज गौतम त्यहाँ काम लगाउन खटिएका थिए।

न्यायको लागि पत्रकार सम्मेलन पीडितले भने, आरोपीलाई प्रहरीले संरक्षण गर्‍यो

त्यहिँ क्रममा दुई युवाहरु आएर हामीलाई काम पाईदैन भनेर सचिव गौतम सोधे। उनले अहिले ढुंगा सकिएको छ आउने बित्तकै काम गर्ने भए आउनु भने त्यति भनि सकेपछि ती युवाहरुले निर्माण समितिको अध्यक्ष कोहो भन्दै काम गर्न अवरोध गरे। काम गर्न अवरोध गरेपछि सचिव गौतमले निर्माण समितिको अध्यक्ष बज्रमणि राईलाई फोन सम्पर्क गरी युवाहरुले काम गर्न रोकेको जानकारी गराए।

त्यसको केहि समयपछि अध्यक्ष राई उक्त स्थानमा आई ती युवाहरुलाई सम्झाउन लागे। केहि समयको भनाभन पछि ती युवाहरु आफ्नो बाटो लागे र गछिया प्रहरीलाई बोलाएर उनीहरुलाई सम्झाउन बुझाउन घर तर्फ जाँदैगर्दा बाटो ढुकेर बसेका प्रहरी लगायत समितिका अध्यक्ष र सचिवलाई ढुंगामुढा गर्दै धारिलो हतियार प्रहार गर्न थालेपछि उनीहरु सबै जना भागे। त्यहिँ भाग्ने क्रममा सचिव गौतमलाई उनीहरुले मरणासन्न हुने गरी कुटे।

उनलाई रडले टाउकोमा खुट्टा सबै तीर कुटपिट गरेर उनीहरु त्यहाँबाट भागे। त्यसपछि उनलाई बिराटनगर अस्पताल लगियो। त्यसको भोली पल्टै असर २ गते छोरा पुष्पराज गौतमले कुट्नेहरु सुनसरी इटहरी ३ खोर्साने टोलका हिमाल राई,विकास राई र कालु राई बिरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दर्ता गरे।

जाहेरी त दर्ता गर्यो तर,कुटपिटमा संलग्न तीनै जना सुनसरीको भएको भन्दै यो जाहेरी इलाका प्रहरी कार्यालय पठाउने भनेर पिडितका छोरालाई घर पठायो। पटक – पटक प्रहरीमा जाँदा हामी खोज्दै छौ,अब चांडै पक्राउ गर्छौ भनेर झन्डै एक महिना बित्न लाग्दा पनि प्रहरी पक्राउ नगरेपछि बुधबार घटनास्थलमै न्यायको लागि पिडित पक्षले पत्रकार सम्मेलन गर्दै उनीहरु खुलेआम हिड्दा पनि पक्राउ नगरेको भन्दै प्रहरी माथिनै आशंका ब्यक्त गरेका छन्।

पिडित गौतमले आफूलाई कुटपिट गर्नेहरु अझै पनि आफ्नो घरमै बसिरहेको र प्रहरीले पक्राउ नगरेको जनाउदै न्याय नदिए इलाका प्रहरी कार्यालयमा गएर आमरण अनशन बस्न पनि आफू तयार रहेको बताए। ‘प्रहरीकोमा जाँदा हुन्छ हामी चांडै पक्राउ गर्छौ मात्र भन्छ एक महिना बित्न लग्यो खै पहरी के हेरेर बसेको छ ‘उनले रुँदै भने,’मेरो हिड्न सक्ने अवस्था छैन सुत्न पनि सक्दिन खुट्टा सुनिदै गएको छ मलाई न्याय दिलाई दिनुहोस्।’

नत्र भने म आमरण अनशन बस्छु जबसम्म मलाई न्याय मिल्दैन। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष राईले प्रहरीले हुन्छ हामी खोज्दै छौ भन्ने जवाफ दिएको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालको रबैया ठिक नभएको बताए।

न प्रहरी घटनास्थलमा नै आएर सोधपुछ गरेको छ बोलाउदा पनि आउदैन जनताको करबाट तलव भत्ता खाएर शान्ति सुरक्षा गर्न नसक्ने प्रहरी निरिक्षक दाहाललाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नरहेको बताए। ‘अझै दुई चार दिन कुर्छौ प्रहरी गाउमा न आए र आरोपीहरुलाई पक्राउ नगरे इलाका प्रहरी कार्यालय घेर्ने चेतावनी समेत दिएका छन्।

पिडित गौतमको श्रीमति शान्ति गौतम पनि श्रीमानको अवस्था नाजुक रहेको र कुट्ने युवाहरु खुलेआम हिड्डुल गरिरहेको भन्दै उनीहरुलाई तत्काल पक्रउ गरी कानुनी कारबाही गर्न पिडितलाई न्याय दिन र औसधी उपचारमा लागेको खर्च असुल गर्न माग गरेकी छन्।

स्थानीयले उनीहरुको कारणले गर्दा फोक्लेणड टापुको सिंगो सिंगो गाउँ नै आतंकित भएक र बिहान बेलुका बाहिर निस्कन पनि डरमर्दो भएकाले तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याई पिडितलाई क्षतिपुर्ति दिन माग गरेका छन्।

नेता तथा जनप्रतिनिधिहरुले पनि चुनवाको बेला गाउलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको र समस्या पर्दा नआएको स्थानीहरुले आरोप लगाएका छन्। उक्त ठाउँ हाईवे रोड ८ किलो मिटर उत्तर बिकटमा पर्दछ। यता,यस बिषयमा बुझन प्रहरी निरिक्षक दाहाललाई सम्पर्क गर्दा घटना घटाउने व्यक्तिहरु सुनसरीको भएको, जाहेरी पर्ने बित्तकै इलाका प्रहरी कार्यालयलाई रेफर गरिएको बताए।

रेफर गरेपनि बेलबारी आरोपीहरुलाई खोज्ने कार्य भइरहेको पिडितहरुले भने जस्तो प्रहरी कुनै आरोपीलाई समरक्षण गरेको भन्ने भनाइमा कुनै सत्यता नरहेको बताए। उता इलाका प्रहरीकार्यालय इटहरीका डीएसपी टेक बहादुर कार्कीले भने बेलबारीबाट केहि दिन अघिमात्र पक्राउ गर्नु भनेर सूचना आएको बताउदै उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको र उनीहरु चांडै पक्राउ पर्ने बताए।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्जमा ‘रोजगार मेला २०८३’