मोरङ । सुनसरीको दुहवीकी सम्झना खत्रि परियारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
३२ वर्षीया खत्रीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई मोरङको बुढीगंगा गाउँपालिका– ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद शाहलाई पक्राउ गरेको हो । साह क्वालिटी नुडल्स प्रालीमा स्टोर इञ्चार्जका रुपमा कार्यरत थिए ।
पक्राउ परेका साहले खत्रीसँग आफ्नो तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको र बारम्बार फोन गर्दा पनि नउठाएको झोंकमा हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै आरोपीत साहमाथि उजुरी समेत परेकाले कर्तत्व ज्यान मुद्दा चलाइने जानकारी दिए ।
गत शुक्रबार विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा सम्झनाको शव फेला परेको थियो । शुक्रबार स्थानीयले उखुबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
विराटनगरको रिङरोडसँग जोडिएको उखुबारीमा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले सोही दिन बेलुका साहलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका साहले मंगलबार बेलुका हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार मृतक सम्झना र सुरेन्द्रबीच क्वालिटी नुडल्समा काम गर्दा प्रेम सम्बन्ध सुरु भएको थियो । मृतक खत्री विवाहित हुन् । २०६९ सालमा उनले वसन्त परियारसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोरी स्थानीय स्कुलमा कक्षा १० र ७ मा अध्ययनरत छन् । बसन्त भने इलाममा टेलरिङको काम गर्दै आएका छन् ।
मंगलबार बिहान सुरेन्द्र साहले फोन गर्दा खत्रीले उठाएकी थिइनन् । दिउँसो सम्झनालाई खोज्दै उनी दुहबी नगरपालिका–६ कालिमन्दीर चोक पुगे । तर खत्रीको घरमा चाबी झुण्डिएको थियो । छिमेकीलाई सोध्दा घरमा नभएको बताएपछि उनी पुनः काममा फर्किएका थिए ।
अफिसमा हुँदा पनि बारम्बार फोन गरेको तर मोबाइल स्वीच अफ भनेपछि साह खत्रिको खोजिमा निस्किएका थिए । सोहि क्रममा बाँसबारी चोकमा खत्रिलाई भेटेपछि साहले उनलाई मोटरसाइकलमा राखेर विराटनगर पश्चिमको रिङरोडतर्फ लगे । सोहि क्रममा फोन किन नउठाएको भन्दै आक्रोश पोखेका साहसँग मृतक खत्रिको भनाभन समेत चल्यो ।
जब भनाभन भयाे
मलहनवाको बाँसघारी अगाडि पुगेपछि भने खत्रिको दवावमा साहले मोटरसाइकल रोके र त्यहाँपनि भनाभन चर्कियो । सोहि आक्रोशमा खत्रिले ओढेकै सल घाँटीमा कसेर घिसारेका साहले उखुबारीमा पु¥याएर । सडकबाट करिब ७० मिटर घिसार्दै लगेका कारण सम्झना अचेत भइसकेकी थिइन् । अझै रिस नमरेपछि साहले बाँसको चोयाले उनको घाँटी रेटेर हत्या गरे । र शवलाई त्यँही छोडेर घाँटी रेटेको चोया बोकेर केसलीया खोलाको बिचमा फ्यालेर घर फर्किए ।
यता श्रीमती सम्पर्कविहीन भएको जानकारी पाएपछि खत्रिका श्रीमान् वसन्त इलामबाट घर आई श्रीमतीको सोधीखोजी गरे । सुरेन्द्र साहसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनले इलाका प्रहरी कार्यालय निमुवामा जानकारी गराए । प्रहरीमा श्रीमती हराएको निवेदन गर्दा वसन्तले सुरेन्द्रमाथि शंका लागेको बताएका थिए । सोही दिन प्रहरीले साहलाई बोलाएर केरकार ग¥यो । तर साह आफूसँग सम्पर्क नभएको भन्दै पन्छिए ।
शुक्रबार बिहान शव भेटिएपछि दिउँसो वसन्तले आफ्नी श्रीमती भएको सनाखत गरे । बसन्तले सनाखत गरेपछि साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि उनले रिसले हत्या गरेको बयान दिए । प्रहरीका अनुसार सम्झना मंगलबार दिउँसो कहाँ गएकी थिइन् भन्ने खुलेको छैन । उनले बोकेको मोबाइल पनि भेटिएको छैन् । पोष्टमार्टम रिपोर्ट र कल डिटेल रिपोर्ट आएपछि थप विषय खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।