फेरि विवादमा रावायण, वितरक करण अदालत जाने

काठमाडौं । अभिनेत्री पुजा शर्माले निर्माण गरेको चलचित्र ‘रावायण’ फेरी विवादमा परेको छ । यो चलचित्रकी निर्माता एवम् अभिनेत्री पुजा शर्माले सम्झौता विपरित चलचित्रको वितकर परिवर्तन गरेपछि रावायण विवादमा परेको हो ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा वितरण गर्नका लागि मँगलबार ‘आरआर फिल्मस्’का रोहीत कट्टेल र रत्न महर्जनसँग अभिनेत्री एवम् निर्माता पुजा शर्माले सम्झौता गरिन् । यो चलचित्रको वितरण अधिकार यस अघि अर्का वितकर करण श्रेष्ठ (क्रेजी)लाई दिईएको थियो । तर करणलाई जानकारी नै नदिई निर्माता पुजा शर्माले अर्का वितरकलाई यो चलचित्रको वितरण अधिकार बेचेका छन् ।

यसै विषयमा वितरक करण श्रेष्ठले बिहिबार राजधानीसँग भने,‘काठमाडौं उपत्यकामा चलचित्र रावायण वितरण गर्ने अधिकार दिँदै यसको निर्माता पुजा शर्माले मसँग ९ लाख रुपैयाँ लिनु भएको थियो । हाम्रो सम्झौता अन्तर्गत मैले ९ लाख रुपैयाँ दिएर पाँच प्रतिसत कमिसनमा चलचित्र रावायणको वितरण अधिकार लिएको थिएँ ।’ उनले अगाडि थपे,‘मैले दिएको ९ लाख रुपैयाँ एक वर्षपछि मेरो खातामा हिजो फिर्ता गरिएपछि र मलाई तपाईसँग लिएको पैसा पठाएको छु है भन्दै उहाँहरुको म्यासेज आउँदा म छक्क परेँ ।’

आफ्नो चलचित्रको लागि अर्को वितरकसँग सम्झौता गरेर अभिनेत्री पुजा शर्मा बिहिबार बिहानै बेलायत तर्फ लागेकी छिन् । निर्देशक सुदर्शन थापा पछिल्लो समय फोन सम्पर्कमा छैनन् । त्यसैले अब आफु न्यायको लागि प्रहरी र अदालतमा जाने पनि वितरक करणले बताए,‘मसँग सल्लाह गरेर रावायणको वितरण अधिकारको लागि मैले दिएको ९ लाख रुपैयाँ ब्याजसहित फिर्ता पनि त गर्न सक्नु हुन्थ्यो नी । मसँग पैसा लिएर एकवर्ष चलाएर यतिबेला चलचित्र वितरण गर्ने बेलामा अर्कोलाई चलचित्र दिएर मेरो पैसा बिनाव्याज फिर्ता गर्नु कहाँसम्मको उचित हो ?’ करणले प्रतिप्रश्न गरेका छन् ।

चलचित्र रावायणको लामो विवादपछि कलाकार परिर्तन गरेर निर्माण गरिएको हो । यस अघि यो चलचित्रमा अनमोल केसी र नीति शाहलाई अनुबन्धित गरिएको थियो । चलचित्रको स्कृप्ट मन नपरेको भन्दै अनमोल केसीले यो चलचित्र त्यतिबेला नखेल्ने बताए । त्यसपछि यसका निर्माता निर्देशक सुदर्शन थापाले आफुलाई अनमोलका कारण करोड घाटा भएको भन्दै अनमोललाई प्रहरी हिरासतमा समेत पु¥याए ।

यो काण्डपछि अनमोलले रावायणमा काम गरेनन् । अनमोलले यो चलचित्रमा काम नगरेपछि उनको ठाउँमा अर्का अभिनेता पल शाहलाई राखिएको थियो । पुजा शर्माले लगानी गर्ने भएपछि अर्की अभिनेत्री नीति शाहलाई हटाएर यो चलचित्रमा पुजा शर्मालाई लिईएको थियो ।

आगामी भदौको चौथो सातामा प्रदर्शन हुने भनिएको यो चलचित्रको केही छायाँकन बाँकी छ । अहिले सम्पादनको काम भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा