माक्स लगाएर मुर्ति चोर्ने पराजुलीलाई मोटरसाईकल नम्बरले पक्राउ गरायो



मोरङ । मोरङको रंगेली नगरपालिका– ७ स्थित संसारी माईस्थान मन्दिरबाट मूर्ती र गरगहना चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

माघ २२ गते राति मन्दीरबाट ११ लाख ३५ हजार मुल्य बराबरको सामाग्री चोरी गरेको आरोपमा रंगेली ३ का भुवन पराजुली पक्राउ परेका हुन् । मन्दिरको कम्पाउण्ड नाघेर मन्दीरबाट चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश तथा छोटी माताको पुरानो मूर्ति उनले चोर्दै सीसी टिभी फुटेजमा देखिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए ।

पहिचान नखुल्ने गरी मुख छोपेर चोरी गरेका पराजुलीले प्रयोग गरेको ज १२ प ५४६८ नम्बरको मोटरसाइकललाई भने प्रहरीले पहिचान ग¥यो । सोही मोटरसाइकलको खोजि गर्दा पराजुलीकै घर अगाडि फेला परेपछि प्रहरीले खान तलासी गर्दा लो बेड भित्र पोकोर पारेर राखेको अवस्थामा चोरी गरेका सामाग्री फेला परेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित