सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड–१९) संक्रमणपछि बन्द रहेको नेपाल चीन बिचको प्रमुख व्यापारीक नाका तातोपानी भन्सार खुला भएपछि त्यसको विरुद्धमा स्थानीय तहका जनप्रतिनिधि नै आन्दोलनमा उत्रिएका छन् ।
स्वास्थ्य सामग्रीसहित अति आवश्यक सामग्रीहरु तातोपानी नाका हुदै नेपाल ल्याउने यसअघि नै सरकारले निर्णय गरेको थियो । सहज रुपमा तातोपानी नाका सञ्चालन गर्ने दुवै देशका सरकारहरुले निर्णय गरेपछि मंगलबार सीमा सुरक्षा बैठक बसेर स्वास्थ्य सामग्रीसहित खाद्यन्नलगायत दैनिक उपभोग्य सामग्री तातोपानी नाका हुदै ल्याउने सहमती भएको थियो ।
स्थानीयको सहमति बेगर नाका सञ्चालन भए, सबैको टाउको काटिने छ : जनप्रतिनिधि
तर तातोपानी नाका सञ्चालन हुँदा कोरोना नेपालमा भित्रने भन्दै भोटेकोशी गाउँपालिका वडा नम्बर २ र ४ का अध्यक्षको अगुवाईमा सीमा क्षेत्रमा लक डाउन उल्लघन गर्दै नाका सञ्चालनको विरुद्ध आन्दोलनमा उत्रिएका थिए ।
वडा अध्यक्षहरु दिपेन्द्र श्रेष्ठ र साङदोर्जे शेर्पाको अगुवाइमा बुधबार सीमा क्षेत्रमा सयौ स्थानीयलाई जम्मा गरेर तातोपानी नाका अहिलेको अवस्थामा खोल्नु गलत भएको भन्दै नारा जुलुस गरेका थिए । लार्चास्थित सुख्खा बन्दरगाहामा भेला भएका सयौले अहिले नाका सञ्चालन गर्न नहुने बताएका थिए । स्थानीयको सहमति बेगर नाका सञ्चालन भए, सबैको टाउको काटिदिने जनप्रतिनिधिहरुले धम्कीसमेत दिएका छन् । गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरुलाई सीमा बैठकमा बोलाइएन,अनि हाम्रो सहमती नभइ कसरी नाका सञ्चालन हुन्छ आन्दोलनको नेतृत्व गर्दे वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने ।
सरकारले लक डाउनको समयमा २४ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ,तर सीम क्षेत्रमा सयौ स्थानीय नाका सञ्चालनको विरुद्ध आन्दोलनमा उत्रीएर सरकार विरुद्ध नाराबाजी गर्दा पनि प्रहरी मुकदर्शक भएको थियो । दुई देशबिचको सीमा बैठकमा आफुहरुलाई पनि सहभागी नगराएको भन्दै भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलसहित केही वडा अध्यक्षहरु आक्रोसित थिए ।
सीमा जोडिएको गाउँपालिका भएकाले हामीलाई पनि सहभागी गराएको हुन्थ्यो भन्ने हाम्रो माग थियो, तर नाका नै सञ्चालन गर्न हुदैन भन्ने आफुहरु धारणा नरहेको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । उपाध्यक्ष दाबुटी शेर्पा लामाले पनि सुरक्षा बैठकमा बोलाउने नबोलाउने विषय उहाँहरुको नै हो तर जनप्रतिनिधिलाई पनि समन्वयको लागि बोलाएको भए राम्रो हुने थियो भन्ने आफुहरुको धारण रहेको बताइन । तर लक डाउनको समयमा स्थानीयलाई जम्मा गरेर आन्दोलन गर्नु गलत रहेको उपाध्यक्ष शेर्पाको भनाई थियो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल भने नाका सञ्चालन गर्ने निर्णय सरकारको भएकाले आफुहरु सरकारको निर्णय कार्यान्वयन गराउने भुमिकामा मात्रै भएको बताए । सुरक्षा बैठक भएकाले सुरक्षा अधिकारीहरुलाई मात्रै बैठकमा सहभागी गराएको ढकालले प्रष्ट पारे ।
तातोपानी नाका सञ्चालन गर्ने निर्णय भएको अवस्थामा सीमा क्षेत्रमा केही व्यक्तिहरुले अवरोध सिर्जना गर्ने प्रयास गरेका छन्,यो लक डाउनको उल्लंघन समेत हो,त्यस्ता व्यक्तिहरुलाई कानुन अनुसार कारवाही हुन्छ प्रमुख जिल्ला अधिकारी ढकालले भने ।
दुइ देशका अधिकारीहरु बिच नाका क्षेत्रमा स्वास्थ्य सजगता अपनाएर मात्रै सामग्री ल्याउने सहमती भएको पनि ढकालले बताए । हामाी सीमा क्षेत्रको स्थानीयको स्वास्थ्य अवस्था प्रति सम्वेदनशील छौ तर सरकारको निर्णय कतै बाट अवरोध भएमा हामी कानुनअनुसार कारवाही गछौ ढकालले भने ।
बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पनि लक डाउनको समयमा नाका क्षेत्रमा आन्दोलन गर्नु गलत भएको बताउँछन् । लक डाउन उल्लघन गर्ने लाई कडा कारवाही हुनु पर्छ शेर्पाले भने हिजो त्याी नाका सञ्चालन गर्नुपर्छ भनेर हामी सबै लाग्यौ, आज नाका सञ्चालन हुदा आन्दोलन गर्ने यो गलत भयो । अहिले चीनबाट नेपाललाई कोरोनाको कुनै जोखिम नभएको बरु नेपालको तर्फबाट जोखिम भएको भन्दै मेयर शेर्पाले सीमा क्षेत्रमा भएको यस्ता गलत कार्यले चीनलाई समेत नकारत्मक बनाएको मेयर शेर्पाको भनाई थियो ।
नाका सञ्चालनको विषयलाई केही दलहरुले राजनीतिक रग दिएको शेर्पाको आरोप थियो । व्यापारीहरुको आन्तरिक कलहले गर्दा पनि तातोपानी नाका सञ्चालनको विरोघ सुरु भएको व्यापारीहरुको भनाई छ । तातोपानी नाका सञ्चालन भएपछि सिल्क ट्रान्सपोर्ट नामक कम्पनीको एकाधिकार जस्तै रहदै आएको छ, अब पनि उनीहरुको मात्रै एकाधिकार हुने डरले नाका क्षेत्रका केही ठूला व्यापारीहरु नै तातोपानी नाका सञ्चालन प्रति असन्तुष्ट हुदै आएका छन् ।






