एउटै चलचित्रमा केपी ओली र माधव नेपाल

काठमाडौं । नेपालमा नेताहरु राजनीतिमा मात्र हैन, चलचित्रमा समेत कलाकारको रुपमा प्रस्तुत हुन थालेका छन् । फरक यत्ति हो की प्राय उनीहरु चलचित्रमा केमियो भूमिकामै प्रस्तुत हुने गरेका छन् ।

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेता रमित ढुँगाना निर्देशित चलचित्र ‘न मेटिएको घाउ’मा आफ्नै केमियो भूमिकामा अभिनय गरेका छन् । यो चलचित्र एसिड पीडित मुस्कान खातुनको घटना कथामा आधारित छ । यही चलचित्रमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि अभिनय गरेका छन् ।

यो चलचित्रमा मुस्कान र सहित अन्य एसिड पीडितहरुलाई भेटेर उनीहरुका लागि प्रधानमन्त्री ओलीले पुन समाजमा स्थापित हुनको लागि प्रेरणादायी सन्देश दिएको यसका निर्देशक रमित ढुँगानाले बताएका छन् । ओली प्रधानमन्त्री हुनुभन्दा अघि नै उनको भूमिका यो चलचित्रमा छायाँकन गरिएको थियो ।

प्रधानमन्त्री ओलीको सम्बादको शुक्रबार रेडियो नेपालको स्टुडियोमा स्वराँकन गर्ने तय भएको थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण स्वराँकन हुन सकेन । अब प्रधानमन्त्रीले पुन समय दिएपछि उनको स्वराँकन गरिने भएको छ ।

चलचित्र नमेटिने घाउ’ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत अरु नेताहरुले पनि अभिनय गरेका छन् । चलचित्रमा आफ्नो यो अभिनयलाई एउटा नयाँ अनुभवको रुपमा पूर्व प्रधानमन्त्री नेपालले बताएका छन् । उनले शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर आफ्नो अभिनयको स्वराँकन समेत सम्पन्न गरेका छन्,‘एसिड पीडितहरुको कथा तथा सँघर्षमा निर्माण भएको यो चलचित्रको हिस्सा हुन पाएको छु । चलचित्रले एसिड प्रहार जस्तो जघन्य अपराधलाई रोक्ने मद्धत गर्ने विश्वास मैले लिएको छु ।’ पूर्व प्रधानमन्त्री नेपालले स्वराँकन सकिएपछि सञ्चारकर्मीहरुसँग भने ।

यस्तै यो चलचित्रमा पूर्वमन्त्री तथा नेकपा माओबादीबा साँसद देवेन्द्र पौडेल र राप्रपाका साँसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् । यी दुबैले यो चलचित्रमा आफ्नो अभिनयको स्वराँकन सम्पन्न गरिसकेका छन् ।

अब चाँडै नै प्रदर्शनमा आउने यो चलचित्रमा एसिड पीडित ३३ जनाको कथामा केन्द्रित रहेको निर्देशक ढुँगानाले जनाएका छन् । लचित्रमा मुस्कान खातुनसहित, प्राप्ति पौडेल, इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानीलगायतको अभिनय छ । यस्तै यो चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन, गायक ओम सुनारको संगीत र किरण ढकालको द्धन्द्ध निर्देशन छ ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीको अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र एक महिनाभित्र सञ्चालनमा आउने