छायांकनमा आलिया र बबीको झगडाले प्राविधिक चकित

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय चलचित्रमा फेरी सक्रिय भएकी छिन् । यसैक्रममा बलिउड बलिउड अभिनेता बबी देओलसँग यी अभिनेत्रीको राम्रै हातपात भएको छ ।

आलिया भट्ट र बबी देओलबीच एउटा सुटिङको क्रममा हातपात भएको हो । यतिबेला यी जोडी नयाँ चलचित्र ‘अल्फा’को सुटिङको विषयलाई लिएर चर्चामा छन् । दुवैले एकअर्कालाई हात समेत उठाउन पछि परेका छैनन् ।

चलचित्र अल्फा एक्सन प्रधान चलचित्र हो । यो चलचित्रमा बबी देओलसँगै आलिया भट्टले पनि मन सिरिङ्ग पार्ने स्टन्ट सिन दिएकी छिन् । यो एक्शन सीन मुम्बईको गोरेगाउँमा गरिएको हो । यो एक्सन दृश्यको छायाँकन बिगत ४ दिनदेखि त्यहाँ भईरहेको छ ।

यो चलचित्रको छायाँकनको क्रममा एक्सन दृष्यमा उत्साहित भएर उनीहरुले एकले अर्कालाई हातपात गरेका हुन् । बास्तविक लागोर भनेर आफुहरुले गरेको हातपात अलिक बढी भएको यी अभिनेत्रीले बताएकी छिन्,‘हामीले अभिनयको हिसावले चिटिङ गर्दा पनि हुन्थ्यो । तर हामी साँच्चै हातपातमा उत्रियौं र छायाँकनको क्रममा यतिधेरै बास्तविकातामा जानु पनि राम्रो हैन ।’ आलियाले भनिन् ।

छायाँकनको क्रममा प्राविधिकहरुलाई त यी जोडीले साँच्चै झगडा गरेको जस्तो लागेको थियो । किनकी निर्देशकको कट पछि पनि यी दुई एक्सनमै थिए । तर पछि उनीहरुले यो हातपातलाई बास्तविक झै देखाउन खोजेको भनेर जवाफ दिएका छन् ।

अघिल्लो चलचित्र एनिमलमा पनि बबी देओलले छायाँकनको क्रममा यस्तै यथार्थ झगडा गरेका थिए । जुन पछि दर्शकले निकै प्रसँसा गरे । यसमा पनि आफुहरु त्यही मुडमा झगडामा उत्रिएको यी दुबै कलाकारको भनाई छ ।

अभिनेत्री आलिया भट्ट यसराज फिल्मस्को जासूस चलचित्र अल्फाको लागि निकै उत्साहित छिन् । यो चलचित्रमा फ्यानहरुले उनको उत्कृष्ट एक्सन दृश्यहरु हेर्न पाउनेछन् । यसमा उनको अभिनेता तथा खल अभिनेतासँग भीषण झडप हुनेछ र रक्तपात पनि हुनेछ । यो चलचित्रको एक्सन दृष्यमा शर्वरी वाघ पनि देखिने छिन् । एक्सनको कुरा गर्नु पर्दा ‘भिन्टेज पोइन्ट’ कभर गर्न छायाँकन स्थलमा १०० भन्दा बढी गार्डहरू तैनाथ गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 582 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध