त्रिधार्मिकस्थल हलेसीमा डेढ करोड लगानीको हवन कुण्ड

हलेसीमा नवनिर्मित हवन कुण्ड उद्धघाटनकाक्रममा कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री केदार कार्की, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई र दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाका प्रमु्ख तीर्थराज भट्टराई ।

खोटाङ । त्रिधार्मिकस्थल खोटाङको हलेसीमा नवनिर्मित हवन कुण्ड सञ्चालनमा ल्याएको छ । कोशी प्रदेश सरकारको १ करोड ४४ लाख ८४ हजार ४९० को लागतमा निर्माण गरिएको दुईवटा हवन कुण्ड संञ्चालनमा ल्याईएको हो ।

कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सोमबार उद्धघाटन गरेर हवन कुण्ड संञ्चालनमा ल्याएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताईन् । नगर प्रमुख विमला राईका अनुसार, हवन कुण्डले हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको संगमस्थल हलेसीमा पूजाआजा गर्ने भक्तजनलाई सहजता प्रदान गर्नेछ ।

बासु कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोलुखुम्बुले हवन कुण्डको निर्माणका लागि २०८१ वैशाख ४ गते संझौता गरि गत असार २० गते निर्माण कार्य सम्पन्न गरेको थियो । उद्घाटन समारोहमा बोल्दै निवर्तमान मुख्यमन्त्री कार्कीले हलेसीलाई तीन धर्मको धार्मिक राजधानीको रूपमा चित्रण गरे ।

हलेसीमा नवनिर्मित हवन कुण्ड ।

उनले भने, “हलेसी तीनवटा धर्मको संगमस्थल भएकाले धार्मिक राजधानी हो । यस्तो सङ्गमस्थल संसारमा अन्यत्र कहीँ छैन । प्रदेश सरकारले हलेसी, बराहक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ ।” त्रिधार्मिक स्थल हलेसीमा दर्शनार्थी तथा भक्तजनका लागि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको संयुक्त लगानीमा करिब ५ करोडको लागतमा सुविधायुक्त अतिथिगृह पनि निर्माणाधीन रहेको छ ।

यसैबीच, हलेसीमा ‘बोलबम’ मेला लागि रहेको छ । साउनको पहिलो सोमबारदेखि सुरु भएको यस मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारत, भुटान र चीनको तिब्बतबाट समेत दर्शनार्थीहरू हलेसी आएका छन् । हलेसी विकास समितिका अध्यक्ष गजुरमान राईका अनुसार, भक्तजनहरूले महादेव, पार्वती र गणेशलाई जल चढाएर पूजापाठ गर्ने प्रचलन छ ।

बोलबम मेलाको अवसरमा हलेसीका होटलहरू भरिभराउ छन् । नवनिर्मित हवन कुण्ड एवम् अन्य विकास कार्यहरूले हलेसीलाई एक प्रमुख धार्मिक गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पु¥याउने नगर प्रमुख विमला राईको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र