बाल चित्रकथा ‘हार्मोनियमको धुन’ प्रकाशित

काठमाडौं । ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धुन’ सार्वजनिक भएको छ । अभिभावकले आफ्ना बालबालिकाको इच्छा नबुझ्दा तिनमा पर्ने मनोवैज्ञानिक असरलाई कथाले सरल रूपमा प्रस्तुत गरेको छ ।

यो दिदीबहिनी आयुषा र अनुपमाको कथा हो । पढाइसँगै गीत गाउन सिपालु आयुषालाई बुवाले बढी नै मायाँ गर्छन् र हार्मोनियमको धुनसँगै गीत गाउन सिकाउँछन् । तर, अनुपमाको पढाइ राम्रो नभएकाले उनीप्रति बेवास्ता गरिदिन्छन् । उनको उपेक्षाले अनुपमामा बिस्तारै बेचैनी र निराशा बढ्दै जान्छ ।

पढाइमा दिएको दबाबले उनी खाना पनि राम्रोसँग खाँदिनन् । यो कुरा थाहा पाएकी आमाले उनलाई हरेक साँझ बाहिर लिएर जान्छिन् । यसमा पनि बुवाले शंका गर्दै उनलाई लिएर नजान दबाब दिन्छन् ।

एक दिन स्कुलमा गीत प्रतियोगिता हुन्छ, जहाँ अनुपमाले अप्रत्याशित नतिजा निकाल्छिन् । के उनी विजयी भइन् होला ? अनि आमाले हरेक साँझ उनलाई कहाँ लगेकी रहिछन् ? यस्तै जिज्ञासाले पनि कथा रोचक बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ