तनहुँ बस दुर्घटना : २४ जनाको उद्धार (घटनास्थलको तस्बिरसहित)

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा के कति हताहती भयो, त्यो तथ्यांक बाहिर आएको छैन । दुर्घटना बिहान ११ बजेतिर भएको थियो । बसमा ४० जना यात्रु र ३ जना चालकदलका सदस्य थिए । अपरान्ह ४ बजेसम्म २४ जनाको प्रहरीले उद्दार गरेको छ, त्यसमा ११ पुरुष र १३ महिला रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई भरतपुर, दमौली र काठमाडौं ल्याइएको छ । प्रहरीले साँझ ६ बजेसम्म उद्दार कार्य सकिने प्रहरीले जानकारी दिएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव निकालिएको छ । 

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । 

तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)

epaper

ताजा समाचार

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’