कोभिड–१९ पीडित विद्यार्थीका लागि शेष घलेद्वारा १० लाख डलरको कोष स्थापना

मेलवर्न । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र पत्नी जमुना घलेले अस्ट्रेलियामा कोभिड–१९ बाट पीडित विद्यार्थीका लागि १० लाख डलरको कोष स्थापना गरेका छन् । मेलवर्न र सिड्नीलाई आधारभूमि बनाएर स्थापना भएको मेलवर्न इन्स्ट्च्युट अफ टेक्नोलोजी (मिट) मा अध्ययन गर्ने विद्यार्थीका लागि उक्त कोषबाट सहयोग वितरण गरिनेछ ।

सन् १९९६ मा घले दम्पतीले स्थापना गरेको मिट चर्चित कलेज निजी हो । त्यहाँ पढ्ने विद्यार्थी संसारभरिका छन् । ४ हजारभन्दा बढी बहुसांस्कृति विद्यार्थीहरु मिट कलेजमा पढिरहेका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग उपलब्ध गराउनका लागि हामीले सम्पूर्ण प्रकृया पूरा गरेका छौं, प्रमुख कार्यकारी अधिकृत डा. घलेले भने, ‘१० लाख डलरको कोष स्थापना गरेका छौं, सहयोगको आवश्यक भएका विद्यार्थीमा त्यो कोषबाट रकम खर्चिने छौं ।’

यसअघि एक्सपर्ट एजुकेशन एन्ड भिषा सेन्टरले आफ्ना विद्यार्थीका लागि भनेर २ लाख डलरको कोष स्थापना गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार