हज्जारौको सहभागितामा राजविराजमा भव्य रथयात्रा

सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा मंगलवार भव्य राधाकृष्ण रथयात्रा निकालिएको छ । दिउँसो ३ बजेतिर वडा नम्बर ९ मलेठ स्थित राधाकृष्ण मन्दिर प्राङ्गणबाट हज्जारौंको सहभागितामा भब्य रथयात्रा निकालिएको हो । यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोली पल्ट रथयात्रा निकाल्ने गरिएको छ ।

मन्दिर प्राङ्गनबाट रथमा भगवान राधाकृष्णको युगलजोडी तथा बाजागाजा सहितको यात्रा रुपनी रोड, कंचनपुृर रोड, राजदेवी रोड,तेतरी गाछी, नेता चोक, सिरहा रोड, अदालत राड, भगवती मन्दिर रोड तथा मुख्य बजार क्षेत्रका गरी करिब ६ किलो मिटरको दुरी तय गरिएको थियो ।

भीषण गर्मी र प्रचण्ड घामका बीच निकालिएको रथयात्राका सहभागिहरुलाई सहजता प्रदान गर्न विभिन्न समाजसेवी संघ संस्था बाटोहरुमा चिसो शरवत र पानीको ब्यवस्था मिलाएको थियो । भक्तजनहरुलाई पुजाआजा गर्न सहज हुने गरी एक दर्जन स्थानमा राधाकृष्णको रथलाई १५÷१५ मिनेटका लागी विश्राम दिइएको थियो ।

रथयात्रामा करिब १० हजार भक्तजनहरुको सहभागिता भएको आयोजक कृष्णास्टमी रथयात्रा समितीका संयोजक अनिल यादवले बताए । जसमध्ये महिला भक्तजनको सहभागिता ६ हजार भन्दा बढी रहेको रथयात्राको आयोजनालाई भब्य र सभ्य बनाउन सहयोग गरेका राजविराज नगरपालिकाका मेयर भीमराज यादव (हाल निलम्बीत) ले जानकारी दिए । रथ यात्राका क्रममा कुनै अप्रिय घट्ना हुन नदिनका लागी सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी परीचालन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

फुल्चोकी भ्रमणमा मान्छे हराउने घटना बढ्दै गएपछि सावधानी अपनाउन आग्रह