उर्मिलाकाे गीतमा पूजाकाे अभिनय

काठमाडाैं ।  गायिका उर्मिला लाम्गादेले नयाँ गीत सार्वजनिक गरेकी छन्। उनले ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी हुन्।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय अभिनय गरेका छन्। अहिले अमेरिकामा बस्दै आएकी उर्मिलाले चर्चित टेलिसिरियल ‘दलन’मा काम गरेकी थिइन्। विभिन्न गीतमा स्वर दिइसकेकी उर्मिलाले यसअघि रुकुम चौरजहारीमा भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाएकी थिइन् ।

दिग्गज धौरालीले को शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन्। कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ। गीतलाई बुढा सुब्बा डिजिटलको यूट्युब च्यानलमार्फत  सार्वजनिक गरिएको छ । भिडियाेमा पूजा शर्माकाे अभिनय रहेकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,185 times, 1 visits today)

epaper

ताजा समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा