मुम्बई । पछिल्लो समय अभिनेत्री ऐश्वर्य राज बच्चनको ससुरा अमिताभ बच्चन, सासु जाय बच्चनसँग समेत सम्बन्ध बिग्रिएको छ । तर ऐश्वर्यालाई आफुले वुहारी बनाउनु भन्दा अघिदेखि नै मायाँ र सम्मान गर्दै अएको अमिताभले बताएका छन् ।
सन २००३ मा चलचित्र खाकीको छायाँकनको क्रममा अभिनेत्री ऐश्वर्या राय ठुलो दुर्घटनामा परेर घाईते भएकी थिईन् । त्यतिबेला ऐश्वर्यालाई अस्पताल भर्ना गरिएको थियो ।
अभिनेत्री ऐश्वर्याको स्वस्थ्यमा सुधार नभएसम्म अमिताभले सो चलचित्रको छायाँकनका लागि समय दिएनन् । त्यतिबेला दुईरात लगातार नसुती अमिताभले अभिनेत्री ऐश्वर्यालाई अस्पतालमा कुरेका थिए । पछि अस्पतालमा ऐश्वर्याका आमा बुबा आएपछि बल्ल अस्पतालबाट अभिनेता अमिताभ छायाँकनमा फर्किएका थिए ।
त्यो दुर्घटनालाई सम्झँदै अमिताभले भनेका छन्, ‘ ऐश्वर्याको ढाडमा क्याक्टस काँडाले ठुलो घाउ बनाएको थियो भने उनको खुट्टाको पछाडि पनि ठुलो चोट लागेको थियो । उनी चोटले छट्पटाएका कारण म दुई रात निदाउन सकिन ।’
आफुल सुरुदेखि नै छोरीको रुपमा हेरेको ऐश्वर्यासँग अभिषेक बच्चनले विवाह गरेपछि पनि छोरीकै रुपमा हेर्दै आएको पनि यी अभिनेताले बताएका छन् । त्यसैले आफुले ऐश्वर्यालाई कहिल्यै नराम्रो नसोचेको र अहिलेको समस्या चाँडै समाधान हुने पनि अमिताभले बताएका छन् ।






