काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारहरूसँग आज अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ ।
मन्त्रालयका अनुसार छलफलमा सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूले भोग्दै आएका चुनौती तथा सूचना प्रवाहलाई अझ सहज र विश्वसनीय बनाउने विषयमा विचार आदानप्रदान गरिनेछ ।
अन्तरक्रियामा विभिन्न मिडियामा राजनीतिक बिट हेर्ने पत्रकारहरुलाई आमन्त्रण गरिएको छ ।
मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, सञ्चारमाध्यम, शिक्षा तथा राजनीतिक बिटका पत्रकार, शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस्ता संवादले सरकार र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
जलवायु परिवर्तनविरुद्ध सङ्कल्प गर्न ‘ग्रिन रन’ आयोजना : सभापति थापा
चीन भ्रमणमा जाँदै रवि लामिछाने, मिति टुंगो लाग्न बाँकी
दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा
कर्णालीमा मंगलबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो
प्रधानमन्त्री शाह र सरकारको सम्बन्धमा समीक्षाको विन्दुमा रास्वपा पुगिसकेको छैन : सभापति लामिछाने
एमालेबाट निर्वाचित मेयरदेखि वडासदस्य ६ जनाको पद गुम्यो
कांग्रेस नेता गिरीविरुद्ध २१ करोड बढी बिगोसहित मुद्दा दर्ता
अदालतले अनुसन्धानको अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा






