दैलेखमा सहुलियत मूल्यमा चामल बिक्री सुरु

दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको छ ।कम्पनीले सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले असोज ७ देखि सहुलियतको चामल बेच्न लागेको हो ।

चाडपर्वका अवसरमा खाद्यले हरेक प्रकारको चामलमा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिएको छ। किलोमा पाँच रुपैयाँ छुटसहित अरुवा मोटो चामल प्रतिकिलो ५९रुपैयाँ, अरुवा मध्यम चामल प्रतिकिलो ६१ रुपैयाँ र सोना मन्सुली चामल प्रतिकिलो ६१ रुपैयाँ स्टिम जिरा मसिनो चामल ९१ रुपैयाका दरले बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख रविन कुमार रेग्मीले बताए ।

कम्पनीले २५किलोको स्टिम जिरा मसिनो चामल प्रतिबोरा २ हजार २ सय ७५ रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै अरुवा मध्यम चामल १ हजार ५ सय २५रुपैयाँमा बिक्री भइरहेको छ भने अरुवा मोटो चामल १ हजार४ सय ७५सोना मन्सुली १हजार५ सय २५रुपैयाँमा बिक्री रुपैयाँमा बिक्री भइरहेको छ ।

छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको दैलेख प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको स्थानीय बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डकी मिडिया समिटमा अग्रज पत्रकार सम्मानित