पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ४८ जना फरारक प्रतिवादी पक्राउ गर्न सफल भएको छ । तीमध्ये ३६ पुरुष र १२ महिला छन् ।
गत १ देखि ३० कात्तिकसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा वरिवाना भुक्तान बाँकी रहेका ती ४८ जना प्रविादीलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले बताए । उनीहरुबाट १ वर्ष ६ महिना कैद सजाय र १ करोड २ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।
पक्राउ परेकामध्ये चेक अनादर मुद्दामा सबैभन्दा बढी ३५ जना प्रतिवादी छन् । लागु औषध मुद्दाका ५, बैंकिङ कसूरका ४ जना छन् । यस्तै, अभद्र व्यवहार मुद्दा, आपराधिक उपद्रव, सार्वजनिक सम्पत्तिको नोक्सान गरी भ्रष्टाचार मुद्दा र लेनदेन बिगो मुद्दामा एक एक जना छन् ।
तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)






