काठमाडौंबाट घर हिँडेका बालबालिका सुर्खेतमा अलपत्र

विरेन्द्रनगर । मुलुकका विभिन्न जिल्लाबाट कर्णालीमा फर्किएका बालबालिका बाटोमै अलपत्र परेका छन् । लकडाउनका कारण काठमाडौंलगायतका देशका अन्य स्थानबाट घर फर्किएका बालबालिका बाटोमै अलपत्र परको हुन् । पढाईको सिलसिलामा काठमाडांै गएका हुम्लाका विद्यार्थी तथा बालबालिका सुर्खेतको सुव्वाकुनमा अलपत्र अवस्थामा छन् । काठमाण्डौंबाट घर फर्किएका विद्यार्थी र बालवालिका बुधवार रातिदेखि सडकमै भोकै वसेका छन् । खाना र पानी नपिएरै दुई दिनसम्म सडकमै बसेको ति बालबालिकाको भनाई छ ।

उनीहरुका लागि स्थानीय सरकार र प्रदेश सरकारले कुनै वास्ता गरेको छैन् । सुव्वाकुनाको प्रहरी चौकी नजिक बालबालिकाहरुले बोकेका झोला सिरानीमा हालेर भोकै वसेका छन् । काठमाण्डौ हुँदै दाङबाट हुम्लाको लागि घर फर्किएका ६ जना बालक र ३ जना युवा गरि ८ जना अलपत्र अवस्थामा छन् । दाङको तुल्सीपुरको स्थानीय सरकारले सुर्खेतसम्म गाडीको व्यवस्था गरिदिएपनि सुर्खेतमा भने अलपत्र पर्नु परेको उनिहरुले पीडा पोखेका छन् ।

दुइ दिनदेखि खान नपाएर भाकै वसेको १६ बर्षिय बालक दानबहादुर टमट्टाले बताए । ‘सुर्खेत पुगेको दुइ दिन हुँदा पनि आफ्नै प्रदेशमा भाकै छौं ।’ उनले भने, ‘यस्तो पीडात जीवनमै पाएका थिएनौं । प्रहरीले पानी पनि खान दिदैनन् । प्रहरी चौकी नजिकै अलपत्र छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे